बुटवल- म्यानमारमा लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ। समाजले बुटवलको राजमार्ग चौराहमा विहान १० बजेदेखी ११ बजेसम्म व्यानर र प्लेकार्ड सहित प्रदर्शन गरेको हो। म्यानमारमा भएको सैन्य कु को विरोध गर्दै राजनीतिक बन्दीको निशर्त रिहाइको माग गर्दै प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ।
प्रदर्शनका क्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समुदायको दबाब जरुरी रहेको बताए। उनलेसैन्य कु मान्य नहुने भन्दै नागरिक हत्यामा भैरहेको दमन तत्काल बन्द गर्न माग गरे ।
कार्यक्रममा समाजका केन्द्रिय सदस्य बिष्णु भुसालले बर्माको दमनकारी नीति अन्त्य गरेर लोकतन्त्रको पुर्नबहालीको बिकल्प नभएको बताए ।
म्यानमारमा भइरहेको हत्या र दमनको विरोध एवं राजनीतिक बन्दीहरूको विना सर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजले आज देशैभर कार्यक्रम गरेको छ ।