फर्साटिकर रुपन्देही,फागुन २९।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न .५ मानपकडीमा भोलिबाट चौथो शुद्धोधन कप खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ।
भोलीबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक मानपकडी युवा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार शिल्ड,मेडल र प्रमाणपत्र,द्वितीय हुने टिमले नगद ३५ हजार शिल्ड,मेडल र प्रमाणपत्र ,तृतीय हुनेले नगद २० हजार शिल्ड,मेडल र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १० हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र र बेस्ट स्पाइकर,बेस्ट ब्लकर,बेस्ट डिफेन्डर,बेस्ट सेटर,बेस्ट प्लेयर,बेस्ट सर्भरलाई उचित पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक तथा क्लबका सल्लाहकार मोति बहादुर थापाले बताउनुभयो ।उहाले बिगत लामो समयदेखि राष्ट्रिय स्तरका खेलाडीहरुलाई सहभागी गराउदै आएको बताउदै यश वर्ष पनि सहिद दिवसको दिन गर्ने कार्यक्रम कोभिडको कारणले गर्दा हुन नसकेपछि आइतबारबाट गर्न लागिएको बताउनुभयो । अहिलेसम्म १२ टिम दर्ता भएको र टिम संख्या अझै बढ्न सक्ने संयोजक थापाले बताउनुभयो ।
यस्तै क्लब अध्यक्ष राजकुमार चौधरीले प्रतियोगिता आयोजना गर्न अन्य वर्ष भन्दा यो वर्ष चुनौती भएपनि गाउँपालिका र वडाको सहयोगले गर्दा सहज भएको बताउनुभयो।खेल चैत्र १ गते सुरु भइ ३ गते सम्पन्न हुने उहाले बताउनुभयो ।
क्लबका सदस्य अशोक कुमार बानियाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचीव चन्द्रमान चौधरीले सञ्चालन गर्नुभएको थियो ।मानपकडी युवा क्लब शुद्धोधन ५ को आयोजनामा हुन लागेको प्रतियोगितामा सहयोगीको रुपमा शुद्धोधन गाउँपालिकाको कार्यालय र शुद्धोधन गाउँपालिका ४ र ५ रहेका छन।
सम्मेलननमा क्ल्बका सल्लाहकार पल्टन चौधरी, कोषाध्यक्ष पार्वती पाण्डे, सहसचिव नन्दराम चौधरी ,सदस्यहरु रेशम ठकुरी,मिठु कार्की, उदय चौधरीको लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।