बुटवल, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार बुटवल आउँदै छन् । प्रचण्ड विहान आठ बजेको उडानबाट बुटवलतर्फ हिडिसकेका छन् ।
बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको अघिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेको पार्टीका जिल्ला सचिव निर्मल जीसीले जानकारी दिए । प्रचण्डले दिउँसो १२ बजे बुटवलको क्लव डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिनेछन् । दिउँसो कार्यकर्तालाई उपस्थितिको लागि सचिव जीसीले आग्रह गरेका छन् ।