अर्घाखाँची,२७ फागुन ।
शिवरात्री पर्वका अवसरमा अर्घाखाँचीको मालारानी मन्दिर सहित जिल्लाका बिभिन्न मन्दिरहरुमा मेला लागेको छ ।
आज बिहीवार मालारानी गा पा को मालारानी मन्दिर सहित जिल्लाका बिभिन्न मन्दिरहरुमा मेला तथा श्रद्धालुहरुको घुँइचो लागेको हो ।
यसक्रममा मालारानी गा पाको वडा न ३ र ६ को सङ्गम स्थल प्रसिद्द धर्मिक तथा पर्यटकीय क्षेत्र मालारानी मन्दिरमा बिशेष मेला लागेको छ साथै आज मन्दिरमा मुर्ति अनावरण, पिकनिक स्पट उद्घाटन, सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा(एमाले)को जिल्ला अध्यक्ष तथा प्रदेश सांसद माननीय चेतनारायण आचार्य रहनुभएको थियो भने अतिथिमा पालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री, नेकपा एमाले नेताहरू नरेन्द्र कुमार क्षेत्री, जनार्दन खनाल, पीताम्बर भुसाल, शालिकराम आचार्य,तिलक मिश्र मलारानी गा पा वडा न ३ का अध्यक्ष शोभाखर खनाल लगायतको उपस्थिति रहेको थियो ।