नवलपरासी, २५ फाल्गुन ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ०२ हरपुरमा १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मञ्चीय नाटक तथा नृत्य कार्यक्रम सम्पन्न भएको छ।
ए.वि.सी. नेपाल तथा स्ट्रोम फाउन्डेसनको आर्थिक सहयोग तथा पाल्हीनन्दन गाउँपालिका सहकार्य आयोजित कार्यक्रम प्रगति किशोर किशोरी सञ्जालकी सहजकर्ता निला ज्योति गौडको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ता( दिपक) को प्रमुख अतिथिकता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा देखाएको नाटक मधेश समुदायको दाइजो प्रथाका कारण माहिला माथि हुने हिंसाको चरित्रण गरिएको थियो।
कार्यक्रममा ३ न. वडा अध्यक्ष गोधन प्रसाद हरिजन,पत्रकार रन्जित शर्मा , ज्ञानेश्वर साहनी, पशुपति गुप्ता लगाएतकाे उपस्थिति रहेकाे थियाे।