कपिलवस्तु , २५ फागुन।
कपिलवस्तु जिल्ला काे यशाेधरा गाउपालिका मा १११ अाैं अन्तर्राष्ट्रिय नारी दिवस मा महिलाको सुरक्षा , सम्मान र राेजगार : समृद्ध नेपाल काे अाधार भन्ने मुल नारा का साथ १११ अाैं अन्तर्राष्ट्रिय नारी दिवस काे उपलक्ष्यमा र्याली , अन्तरक्रिया र वक्तृत्यकला प्रतियोगिता कार्यक्रम गाउपालिका काे सभाहाल मा सम्पन्न भएको छ ।
कार्यक्रममा धेरै वक्ताहरुले भने कि हाम्रो मधेसी समाजमा महिलाहरुलाई स्वतन्त्र गरेको पाइदैन तर पहाडी समाज मा महिलाहरुलाई स्वतन्त्र गरेको पाइन्छ । अनि महिलाहरुलाई नेपालकाे संविधान ले ३३% अधिकार सबै ठाउँमा महिला अधिकार प्राप्त गर्नु पर्छ भन्ने जाेड दिइएका थिए ।
ब्यक्तित्वकला प्रतियोगिता १० जना भाग लिएका थिए । जस मध्ये प्रथम नेदा खातुन , दोस्रो सनिसा गुप्ता , तेस्रो दुर्गा वती यादव र सान्त्वना निधि पाठक ले प्राप्त गर्न सफल भएका थिए ।
यशाेधरा गाउपालिका काे आयोजना मा दलित सामाजिक बिकास केन्द्र र युनाइटेड मिसन टु नेपाल काे सहकार्यमा १११ अाैं अन्तर्राष्ट्रिय महिला दिवस मा र्याली , अन्तरक्रिया र वक्तृत्यकला प्रतियोगिता कार्यक्रम यशाेधरा गाउपालिका प्रमुख गिरजेश कुमार पाण्डेय काे अध्यक्ष्ातामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष गिरजेश कुमार पाण्डेय , प्रमुख आतिथि युनाइटेड मिसन टु नेपालको सयुक्त हाम्रो पहुच परियोजना को परियोजना प्रमुख खेमराज भन्डारी ,
आतिथि दलित सामाजिक बिकास केन्द्र को अध्यक्ष रामशरण रैदास , मर्यादापुर प्रहरी प्रमुख लिलबहादुर कुवार , दलित सामाजिक बिकास केन्द्र को हाम्रो पहुच परियोजना को परियोजना अधिकर्त विन्दवासिनी हरिजन , रामकुमार महरा र १७९ जना को सहभागीता रहेको थियो ।
कार्यक्रम संचालक यसोधरा गाउँपालिका को महिला तथा बालबालिका शाखा प्रमुख अजिजुल्लाह खान ले गर्नु भएको थियो ।