नवलपरासी / फागुन २४ ।
आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गा.पा. वडा नं ३ प्रसिया मा पाल्ही स्वालम्वन समाजिक संस्था काे आयाेजना तथा पाल्हिनन्दन गाउँपालिका काे सहयाेगमा महिलाहरुकाे लागि सीप विकास तालिम ३ महिने सिलाई कटाई तालिम काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।
पाल्ही स्वालम्बन समाजिक संस्था का अध्यक्ष दिनेश गुप्ता काे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका का अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे प्रमुख आतिथ्यता मा सिलाई कटाई तालिमकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा संजय गुप्ता , पत्रकार रन्जित शर्मा , सुरेश यादव , अशाेक ठाकुर , श्रि निवास गाैडं , परमेश्वर चाैहान , सनाेज गुप्ता , कार्य पालिका सदस्य अनामिका हरिजन , पशुपति गुप्ता र मदन धाेबी लगाएतकाे उपस्थिति रहेकाे थियाे भने सिलाई कटाई तालिम २०७८ जेठ २० गतेसम्म संचालन हुने छ ।