• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      ३ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    बाँकेमा मौलायो यौन व्यापार, ‘तारे होटलमै यौनधन्दा, पुरुष बेश्या पनि सक्रिय’

  • बुटवल दैनिक
  • २०७७ फागुन २४, सोमबार (२ साल अघि)
  • २१४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    बाँके,फागुन २४ गते । यौन तृष्णा मेटाउने सयौं यौन अखडाहरु बाँके जिल्लाभित्र छ्यापछ्याप्ती छन् । बाँकेमा यौन व्यापार भित्रभित्रै यति मौलाएको छ कि त्यसको कुरा गरेर साध्य नै छैन । देहव्यापारमा उच्च ओहदाका व्यक्तिहरु समेत सक्रिय छन् । यस्तो धन्दामा पुरुषमात्रै नभई उच्च घरानाका महिलाहरु पनि सामेल भइरहेका छन् ।

    फेसबुकमा पछ्याउनुहोस्

    जीवन साथी, श्रीमान–श्रीमतीबीच गृह कलह आदिका साथै एकअर्कामा सहबासमा हुने अतृप्तीले पनि मानिसहरुलाई ‘बाहिरको खोजी’मा पुर्याएको देखिन्छ । अर्को कुरा, यदि नयाँनयाँ पुरुष वा महिला खोज्दै र रोज्दै हिँड्ने लत परिसकेको छ भने त्यो बानी नमर्दासम्म पनि फेरिँदैन । स्मार्ट र आफ्नो यौन तृष्ण मेटाउन सक्ने खालका युवायुवतीलाई छानेर देहव्यापार भइरहेको तथ्य पनि खुलेको छ ।

    बाँकेमा यौन व्यवसाय यति फँस्टाउदो छ कि कुरा गरेर साध्य नै छैन । खाजाघर र रेस्टुरेन्टको आवरणमा यौनधन्दा चलिरहेका छन् । अझ कलिला (भर्खर १४–१५ बर्षका) युवतीहरु यौनधन्दामा सक्रिय देखिन्छन् । उनीहरुलाई खाजाघर तथा रेस्टुरेन्ट सञ्चलकले नै यस्तो पेशामा लगाउने गरेका छन् । मिहेनत नै नगरी छिट्टै पैसा कमाइने र आफ्नो आवश्यकता पनि टार्न सकिने भएकाले कलिला युवतीहरु यौनकर्ममा सक्रिय छन् ।

    युुवायुवतीहरु संगतका कारण खाजाघर तथा रेस्टुरेन्ट सञ्चालक, दलाल वा यौनकर्मी आदिको माध्यमबाट यो पेसामा तानिने गरेका छन् । नयाँ युवती आउने बित्तिकै सञ्चालकहरु स्वयम् ग्राहकसँग डिल गर्न पुग्ने गरेको पनि स्रोत बताउँछ । युवती कन्ट्याक्टमा आउने बित्तिकै नयाँ चरी आएकी छे, अस्तीको भन्दा नि राम्री, च्वाँक छे भन्दै खाजाघर तथा रेस्टुरेन्ट सञ्चालकले बार्गेनिङ गर्ने गरेका छन् ।

    पछिल्लो चरणमा खाजाघर तथा रेस्टुरेन्टहरु यौनधन्दाका केन्द्र बन्ने गरेका छन् । बाँकेको नेपालगञ्ज, कोहलपुर, राँझा, चप्परगौडी, ढकेरी लगायतका खाजाघर तथा रेस्टुरेन्टहरुमा यौन व्यवसाय मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ । खाजाको सट्टा यौन व्यवसाय हुने यस्तो क्षेत्रमा प्रहरीको मिलेमतो रहेका कारण यौन व्यवसाय घट्नुको सट्टा झन् मौलाउँदै गइरहेको स्थानीयहरु बताउँछन् ।

    अझ पछिल्लो समयमा यौनधन्दाको नयाँ ट्रेण्ड चलिरहेको छ । खाजा पसलका नाममा दर्ता नगरेका पसलमा १–२ वटा खाजाका ‘आइटम’ राख्ने र महिला तथा युवतीलाई यौन धन्दामा लगाउने गरिएको छ । दर्ता नगरेर खाजा पसलका नाममा यौनधन्दा भइरहेका छन् । खाजाघर तथा रेस्टुरेन्टमा यौन क्रियाकलाप मौलाउँदै गए पनि प्रहरी भने बेखबर जस्तै बनेको छ ।

    ‘ए दाई जाने हो ? सुरक्षित छ क्या ? जस्ता शब्द प्रयोग गर्ने यौनकर्मीहरुका कारण सर्वसाधारणलाई अप्ठ्यारो पारेको भन्ने सूचनाहरू आइरहन्छन् । यति हुँदाहुँदै पनि अटेरी गर्नेलाई कानून प्रहरीले कारबाही गर्न सकेको छैन,’ नाम नबताउने शर्तमा राँझाका एक जना किराना व्यवसायीले भने । प्रहरीकै मिलेमतोमा यौनकर्मीहरु ढुक्कसँग यौनधन्दामा सक्रिय रहेको स्थानीयको आरोप छ ।

    पुरुष बेश्या पनि सक्रिय

    पछिल्लो समयमा बाँकेमा उच्च घरानाका र श्रीमान विदेश रहेका तथा उमेरमै श्रीमानको देहान्त भएकाहरु पुरुष बेश्याको सम्पर्कमा आउने गरेको स्रोतले बताएको छ । देख्दा हट्टाकट्टा व्यक्तिहरु उनीहरु रोजाइमा पर्छन् । यस्तो पेशामा लागेका युवाहरुले आफूहरु हप्तामा ४ देखि ६ जना ग्राहककहाँ जाने गरेको बताउँछन् । यसका लागि उनीहरुले मोबाइलबाटै सबै कुराकानी तय गर्ने गरेका हुन्छन् ।

    सामान्यतया उनीहरुले महंगा होटलहरु बुक गर्ने गर्छन् । कतिपय विवाहित महिलाहरुले भने परिवारका अन्य सदस्य नभएको मौका छोपेर घर अथवा डेरामा बोलाएर पनि आफ्ना कामवासना मेट्ने गरेको स्रोतले बतायो । विवाहित एक जना पुरुषले छुट्टै व्यवसाय गरे पनि त्यो भने देखाउनका लागि मात्र भएको बताए । मस्तीका साथै महिनामै एक लाख रुपैयाँसम्म यहि व्यवसायबाट कमाइरहेको उनले बताए ।

    तारे होटलमै यौनधन्दा

    साना होटल, गेष्ट हाउस, रेष्टुरेन्टमा हुने यौनधन्दा पुरानै हो । बाँकेका साना झुपडी, साना, मझौला होटलमा हुँदै आएको भनिएको देहव्यापार यतिबेला यहाँका तारे होटलमा समेत मौलाएको देखिएको छ । त्यो पनि प्रहरी अधिकारीको निर्देशनसँगै घुमुवा प्रहरीको सेटिङ्गमा पछिल्लो समय ठुला र तारे होटलमा मौलाउँदै गएको छ । लकडाउनदेखि मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर गइसकेको छ ।

    बाँकेका विभिन्न शहरी क्षेत्रमा चिया पसलदेखि तारे होटलसम्ममा यस्तो काम भैरहेको प्रहरीलाई समेत थाहा छ । तर, मोटो रकम असुलीकै कारण प्रहरी उदासीन देखिएको छ । नेपालगञ्जको न्युरोड, राँझा, बसपार्क लगायतका क्षेत्रका साथै कोहलपुरको दशबिगाह, बसपार्क, मनकामना चोक, चप्परगौडीदेखि ढकेरीसम्मको क्षेत्रमा सबैभन्दा बढि देह ब्यापार हुने गरेको छ ।
    नेपालगञ्ज, कोहलपुरका तारे भनिएका होटलमा उच्च सरकारी अधिकारीदेखि उच्च घरानाका यौन जोडीहरू आउने गरेको खुलेको छ । यहाँका स्टारमा यौनधन्दा हुन्छ भन्ने कुरा त यसअघि मालपोत हाकिम काण्डले पनि प्रमाणित गरिसकेको छ । यस्तो पेशामा १४ बर्षदेखि विवाहित महिलाहरु पनि संलग्न रहँदै आएका छन् । लकडाउनदेखि मौलाउँदै गएको देह ब्यापार अहिले नियन्त्रण बाहिर रहेको स्थानीय बताउँछन् ।

    देहब्यापार गर्नेहरु साना, मझौला होटलमा हुने यस्ता काममा १५ सय देखि १५ हजारसम्म लिने गरेका छन् । तर, बाँके प्रहरी भने असुलीमा व्यस्त छ । रोकथाम र नियन्त्रणमा उदासीन छ ।

    बाँके जिल्लाभर सादा पोसाकमा राखिएका घुमुवा प्रहरीले नै यौन अखडा चलाउने, पैसा लिएर होटलको संरक्षण गर्ने गरेको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ । सादा पोसाकका प्रहरीहरु यौनकर्मी महिलासँग रक्सीमा लठ्ठ भएर नाचगानमा व्यस्त भएको देख्न सकिने राँझाका एक जना व्यवसायीले बताए । जिल्लाका केही होटल सञ्चालकहरुले प्रहरीसँग सेटिङ्ग मिलाएर वर्षाैबाट यौन व्यवसाय चलाउँदै आएका छन् ।

    ‘भिआइपी पाहुना आउँदा अर्डर अनुसार कलेज पढ्ने केटी बोलाईदिन्छु । उनीहरुको रेट पनि महंगो छ । एक रातको कम्तीमा १० हजार लिन्छन्,’ कोहलपुर दशबिगाहका एक होटल सञ्चालकले भने, ‘अन्यत्रै जिल्लाबाट कलेज पढ्नका लागि कोहलपुरमा भाडामा बस्दै आएका केटीहरु कन्ट्रयाक्ट भिआपी पाएपछि डिल गरेर जान्छन् । उनीहरुको एकदिनको रेट १० देखि ५० हजार रुपैयाँसम्म छ ।’

    श्रीमान विदेशमा भएका, सम्बन्धबिच्छेद भएका फोनमार्फत कन्ट्रयाक्ट गरेर आफै ग्राहक खोज्ने र कोठामै बोलाउने उनीहरुको रेट २ हजारदेखि ५ हजारसम्म छ । तेस्रो किसिमका यौनकर्मी हरेक होटलमा बस्ने ग्राहकलाई खुशी बनाउने उनीहरुको रेट १ देखि २ हजारसम्म रहेको स्रोतको दाबी छ । घर परिवारबाट टाढा बसेका प्रहरी, सेना र सरकारी कर्मचारी प्रमुख ग्राहक हुन् । यसबाहेक पर्यटकहरू पनि छन् ।

    ‘प्रहरीले त उपयोग गर्छन्, पैसा पनि दिँदैनन् । कतिपय अवस्थामा जेलमा पनि हालिदिन्छन्,’ एक यौनकर्मी महिलाले भनिन् । केही होटलमा कामदारको रुपमा युवती राख्ने र यौन व्यापार गराउने गरिएको छ । होटलमा नियमित कामदार भएर नै यौन बेच्ने युवतीहरु बाँकेमा धेरै छन् । पछिल्लो समय द्रुतगतीमा शहरीकरण भइरहेका बाँकेका विभिन्न शहरोन्मुख क्षेत्रमा यौन व्यवसाय बढ्दै गएको देखिन्छ ।

    फ्ल्याट नै लिएर यौनधन्दा

    बाँकेमा नेपाली मात्र नभई भारतीय यौनकर्मीहरु पनि सक्रिय भइरहेको प्रहरी स्रोतले नै बतायो । जिल्लाभित्र केही फ्ल्याट नै भाडामा लिएर यौन व्यवसाय सञ्चालन भइरहेका छन् । प्रहरी संरक्षणमा राँझा क्षेत्रको एक होटलमा खुलेआम यौनधन्दा चलिरहेको छ । उक्त होटलमा यौन सन्तुष्टिका लागि विभिन्न पेशा व्यवसायमा संलग्न उच्च वर्गका व्यक्तिहरु पुग्ने गरेको स्रोतले बतायो ।

    satyapati

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑