• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      ३ घण्टा अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ५ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    पुरुषसँग समान काम : ज्याला भने किन आधा कम ?

  • बुटवल दैनिक
  • २०७७ फागुन २४, सोमबार (२ साल अघि)
  • ५३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    फागुन २४ गते । ‘मैले सात वर्षदेखि आधारभूत तह ९ कक्षा १–८० मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।’

    फेसबुकमा पछ्याउनुहोस्

    म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भनिन्, ‘समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।’

    ‘मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु,’ म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आएकी ३७ वर्षीया तिला किसानले भभनिन्, ‘पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर, ज्याला पाउँदा पुरुष कामदारले दैनिक रू. १ हजार रुपैयाँ ज्याला पाउँछन् भने मैले रू. ६०० रुपैयाँ मात्रै ।’

    ‘काम भने पुरुषले भन्दा बढी गर्नुपर्छ, ज्याला भने थोरै पाउँछौं,’ बेनी नगरपालिका–२ बगरफाँटमा मकै रोप्नका लागि मलको डोको बोकेर खेततर्फ जाँदै गरेकी चन्द्रा विकले भभनिन्, ‘एउटै कामको अलग–अलग ज्याला थाप्ने गरेको धेरै भयो ।’

    आज मार्च ८ अर्थात्, १११औं अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा ग्रामीण भेगका महिलाको अवस्था भने दशकौंअघिकै जस्तै रहेको छ । कृषि, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा समेत महिला पारिश्रमिकमा ठगिँदै आएका छन् । यी महिलाका भनाइ त प्रतिनिधि मात्रै हुन्, म्याग्दीका हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित छन् ।

    दिनभरी खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदूरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् । पुरुष कामदारसँगै दिनभरी काममा घोटिने र पुरुषले भन्दा बढी काम गर्ने महिला श्रमिकले ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् ।
    ्
    जिल्लाका धेरै महिला श्रमिक पुरुषको तुलनामा बढी काम गर्ने दाबी गर्छन् । ‘सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानी गर्ने गर्छन्,’ म्याग्दी नदी किनारमा ग्याबिन जाली भर्न ढुङ्गा बोक्दै गरेकी सविना परियारले भनिन्, ‘हामीले खुरुखुरु काम गर्छौं । लगाएको काममा पूरै ध्यान दिन्छौँ तर, ज्यालामा ठगिन्छौँ ।’

    लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि, उद्योग, पूर्वाधार निर्माणदेखि लिएर शैक्षिक क्षेत्रसमेत महिलाकै बल बुतोमा धानिएको छ । यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् तर जिल्लालाई नै धानेका तिनै महिला पारिश्रमिकमा भने वर्षौंदेखि ठगिँदै आएका महिला अधिकारकर्मी जमुना आचार्यले बताइन् । कृषि क्षेत्रको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ तर, तिनै महिला पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

    पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनुपरेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरे पनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् ।

    जिल्लाका महिला अधिकारकर्मी र मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्यालामा वृद्धि हुन नसक्नु दुःखद् पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

    महिला अधिकारकर्मी हीरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताँछिन् । महिला अधिकारकर्मी एवं नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो बताइन् ।

    म्याग्दीको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कूल श्रमिक सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी महिला संलग्न रहेका निर्माण व्यवसायीले बताएका छन् । जिल्लाभित्र र बाहिरका गरी ४२ प्रतिशत महिला मजदूरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका भए पनि उनीहरुको बारेमा आवाज उठाउने निकाय भने मौन छन् ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑