बुटवल । रुपन्देहीको देवदहमा बालबालिकाहरुको लागि आत्मरक्षा तालिम सुरु भएको छ । लियो क्लब अफ देवदहको आयोजनामा आइतबार देखि तालिम सुरु भएको हो । तालिमको एक कार्यक्रमका बिच देवदह उपप्रमुख विद्यालक्ष्मी गुरुङले शुभारम्भ गर्नु भयो ।
बालबालिकाहरुलाई यौन हिंसाबाट बचाउन, शारिरीक तथा मानसिक हिसाबले तयार पार्न तालिमको आयोजना गरीएको क्लबकी अध्यक्ष श्रद्धा केसीले जानकारी दिनु भयो । विभिन्न खण्डमा पाँच दिन सम्म सञ्चालन हुने तालिमको प्रहरी उपरिक्षक प्रतित सिं राठौर, मुक्तिनाथ गैह्रे, मदन थापा, अमृत खड्का र सञ्जय बिकले सहजिकरण गर्नुहुनेछ । तालिममा देवदह मदरटंङ्स एकेडेमिका विद्यार्थीहरुको सहभागिता रहेको छ ।