बाँके,फागुन २३ गते । बाँकेको पुरैनीमा टिप्परको ठक्करबाट प्रधानाध्यापक रामदेव मण्डलकोे मृत्यु भएपछि बिद्यार्थीहरु आन्दोलनमा उत्रीएका छ्न ।
शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा प्रधानाध्यापक मण्डलको टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय मण्डलको मृत्यु भएको थियो । डुडुवा गाउँपालिका वडा नं ५ मिलन चोक बाँकेमा आएदेखि नै शिक्षा क्षेत्रमा लागि साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको हत्या गर्ने चालकलाई कारबाहीको माग गर्दै बिद्यार्थी सडकमा उत्रीएका हुन ।
उनिहरुले कम्दी चोकमा प्रदर्शन गरिरहेका छ्न । दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् । उनको उपचार भइरहेको जनाइएको छ ।
ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । घटनास्थलमा रहेका खत्रीले सहमतिका लागि प्रयास जारी रहेको जानकारी दिए । मण्डलको घर सप्तरी भएपनि २० वर्षदेखि नेपालगञ्जको फुल्टेक्रामा बस्दै आउनुभएको थियो ।