• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      २ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    २५ वर्षपछि मेलम्चीकाे पानी काठमाडाैं आयाे

  • बुटवल दैनिक
  • २०७७ फागुन २३, आईतबार (२ साल अघि)
  • ४९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • फाईल तस्विर

    सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । २०५२ सालमा सुरु भएको मेलम्ची आयोजनाको पानी २५ वर्षपछि काठमाडाैं आएकाे हाे ।

    गत फागुन १० गते मेलम्चीको बाँधस्थलबाट सुरुङमा परिक्षणका लागि पानी पठाइएको थियो । २६ किलोमिटर सुरुङमार्ग हुँदै सुन्दरीजलमा पानी आइपुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका छन् ।

    सुन्दरीजलमा खसालिएको पानी अहिले बागमतीमा फालिएको छ । सुरुङभित्र निर्माणका क्रममा जम्मा भएका माटो, बालुवा र अन्य फोहोर बाहिर आउन करिब एक हप्ता लाग्ने अनुमान छ । त्यसपछि सुरुङको पानी सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

    केही दिनभित्रै काठमाडौंवासीका घर घरमा पानी झर्छ : प्रधानमन्त्री ओली

    परियोजनाको अवलोकनपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताएका छन् ।

    ओलीले भने, ‘काठमाडौंवासीका लागि अब काठमाडौंमा पानी झर्‍यो । अहिले खोलाबाट पानी छाड्यौं । अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं । अहिले पानी आयो काठमाडौंमा पानी झर्‍यो भन्ने हो । केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।’

    मेलम्चीको पानी काठमाडौँमा झारिएको ठूलो सफलता प्राप्त भएको बताएका छन्। ‘मेलम्ची, हेलम्बु र सिन्धुपाल्चोकबासी सबैलाई उदारतापूर्वक काठमाडौँलाई पानी दिनुभएकामा धन्यवाद दिन्छौँ,’ उनले भने।

    आफ्नै सरकारका पालामा आफूले ठूलो उपलब्धि हासिल गरेको भन्दै उनले खुसी पनि व्यक्त गरेका छन्। ‘दिनैपिच्छे हरेक दिन ठूलठूला कार्यक्रम उद्घाटन भइरहेका छन्,’ उनले भने।

    कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभा अध्यक्ष अग्नि सापकोटा, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री बिष्णु पौडेललगायत उपस्थित थिए।

    आयोजनाको २०४१ ताका अध्ययन भएको थियो भने २०५२ सालमै मेलम्ची खानेपानी लिमिटेड स्थापना भएको थियो । २०५७ सालमा एसियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायसँग ऋण सम्झौता हुँदा यो आयोजना २०६४ सालमा नै निर्माण सम्पन्न हुने भनिएको थियो । तर, दातृ निकायसँगका विभिन्न मतभेदका कारण निर्माण थाल्न नै ढिलाइ भएको थियो ।

    २०६५ सालमा ५ वर्षभित्र काम सक्ने गरी ठेक्का पाएको चिनियाँ कम्पनी सीआरसीसीले २०६९ सालसम्म २७ किलोमिटरमध्ये ८ किलोमिटर मात्रै सुरुङ खनेपछि सरकारले ठेक्का तोडेको थियो । २०७० सालमा ठेक्का पाएको इटालियन कम्पनी सीएमसीले २०७३ मा काम सक्नुपर्ने भएपनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर काममा फेरि ढिलाइ भयो । त्यसलाई लिएर भुक्तानी विवाद चलिरहेका बेला कम्पनी नै टाट पल्टिएपछि २०७५ माघमा सीएमसी निर्माणस्थल छोडेर हिड्यो ।

    २०७६ असोजपछि चिनियाँ कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम गरिरहेको छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी अहिले काठमाडौंको माग धान्न पर्याप्त नभएकाले थप ३४ करोड लिटर पानी यही सुरुङमा याङ्ग्री र लार्के खोलाको पानी ल्याउन मेलम्चीको दोस्रो आयोजना सुरु गर्ने तयारी छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑