बुटवल,२३ फागुन।
बुटवल बहुमुखी क्याम्पसमा शुक्रबार सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । अर्थशास्त्र विभागद्धारा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले बुटवल बहुमुखी क्याम्पस अर्थशास्त्र विभागबाट डा बाबुराम ज्ञवालीले अर्थशास्त्र विषयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई निरन्तर रुपमा पुरुस्कार प्रदान गर्ने कार्य प्रशंसनीय भएको बताउदै यस्ता कार्यले गर्दा विद्यार्थीहरुलाई थप हौसला संगै अझै मेहनेत गर्न संहयोग मिल्ने बताउनु भएको थियो । साथै उहाँले आगामी दिनहरुमा अन्य विभागहरुबाट पनि यस प्रकारको कार्य सुरुवात गर्न समेत बताउनु भएको थियोे ।
कार्यक्रमका अध्यक्ष अर्थशास्त्र विभाग स्नातकोत्तर तहका प्रमुख नरंजंग के. सी. ले डा. बाबुराम ज्ञवालीले अर्थशास्त्र विभागमा राम्रो कामको थालनी गरेर विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सफतला संगै अगाडि बढन संहयोग गरेको कायप्रति आभार व्यक्त गदै उहाँले यस विभागप्रति को योगदान सम्झनायोग्य रहेको बताउनु भएको थियोे ।
सम्मान तथा विदाई कार्यक्रममा विदाई हुनु भएका डा. बाबुराम ज्ञवालीको बाँकी जीवनको सफलताको शुभकामना सहित अर्थशास्त्र विभाग बाट धेरै शिक्षकहरु निवृत्त भईरहदाँ कम जनशक्तिले मात्र सो विभाग धान्न गाह्रो पर्ने हुदाँ सोही विषयमा ध्यान दिन क्याम्पस प्रमुखलाई आग्रह समेत न्यौपानेले गर्नुभएको भयो ।
चक्रपाणि पाठक स्वर्ण पदक, जानकिदेवि आध्यात्मिक पुरस्कार, नित्यराज ज्ञान विज्ञान पुरस्कार जस्ता पुरस्कारले सम्मानित डा. ज्ञवालीले ३० वटा पाठ्य पुस्तक र शोध पुस्तक तथा ४० वटा जर्नल र पत्र पत्रिका समेत प्रकाशन गर्नु भएको छ। यसका साथै ज्ञवालीले बुटवल क्याम्पसमा अर्थशास्त्रका चार जना विद्यार्थी का लागि रुन्धती छात्रवृत्ति पनि स्थापना गर्नु भएको छ। रुन्धति पुरुस्कार २०७७ बाट बि.ए र एम ए तर्फबाट उत्कृष्टता हासिल गर्ने संन्तोष काक्री , पिताम्बर न्यौपाने , सुनिता खनाल, सुमना पाण्डे, र सुजन चापागाई लाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो भने लामो समय बुटवल बहुमुखी क्याम्पसमा अध्यापन गराउदै आउनु भएका डा बाबुराम ज्ञवाली लाई बिदाई गरिएको थियो ।
कार्यक्रममा अर्थशास्त्र विभाग बाट प्रकाशित journal of economic Literure volum 5 को कार्यक्रमका प्रमुख अतिथि बाट बिमोचन गरिएको थियो ।कार्यक्रम अर्थशास्त्र विभागका प्रमुख नंरजंग के ं सी को अध्यक्षता, क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेको प्रमुख आतिथ्यता, डा. बाबुराम ज्ञवालीको विशिष्ट आतिथ्यता, डा प्राशु नेपालको स्वागत र प्रेम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।