अर्घाखाँची ।
सिद्वार्थ माध्यमिक बिद्यालय अनेरास्ववियु प्रारम्भिक कमिटिको आयोजनामा अन्तर माध्यमिक बिद्यालय स्तरिय भलिबल प्रतियोगिता बराहथान खेलमैदान रतनमारेमा सम्पन्न भएको छ।कार्यक्रम मालारानी -६ का वडा अध्यक्ष नारायण प्रसाद अर्याल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सुभकामना मन्त्तव्य राख्दै अर्यालले आफू खेल प्रेमी रहेको र आगामी दिनमा पनि आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कुल ७ टोलि सहभागी प्रतियोगितामा सिद्वार्थ मा बि प्रथम बालशिक्षा माबी द्वितीय तथा आदर्श माबी खनदह तृतीय हुन सफल भएका छन। गोपाल जि सि र राम बहादुर जिसिले रेफृको भुमिका निर्वाह गर्नु भएको कार्यक्रम प्रारम्भिक कमिटि अध्यक्ष अनिल पाण्डे को अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवं मालारानी संयोजक बिष्णु चौहानको संचालन र जिल्ला सचिवालय सदस्य एवं मालारानी सह- संयोजक दिपचन्द्र भुसालको उपस्थितिमा संपन्न भएको थियो।