फर्साटिकर,रुपन्देही फागुन २२ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शुद्धोधन साहित्य महोत्सव -२०७७ सम्पन्न भएको छ।
शुद्धोधनमा पहिलोपटक आयोजना गरिएको महोत्सवमा मुख्य आकर्षकको रुपमा प्रखर बक्ता रमेश प्रसाईं रहेका थिए । कार्यक्रममा कविहरु सुरेश सत्याल,कविराज पौडेल,गजलकारहरु प्रदीप रोदन, सरोज भण्डारी `सर्वहारा गायक तथा हास्यकलाकार श्रीधर अधिकारीले आ-आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै शुद्धोधन युवा मञ्चका अध्यक्ष तथा उज्यालो एजुकेसन ईन्स्टिच्युटका सञ्चालक मनोज भण्डारीले महोत्सवको उद्देश्यमाथी प्रकाश पारेका थिए ।
यस्तै उनले शुद्धोधन गाउँपालिका लगायत आसपासमा रहेका आर्थिक स्थिति कमजोर भएका जेहन्दार विद्यार्थीहरुलाई निशुल्क रुपमा वाककला, ट्युसन कक्षा लगायत अन्य प्रशिक्षण कार्यक्रम आफ्नो सस्थामार्फत निशुल्क प्रदान गर्ने घोषणा गरेका थिए ।
महोत्सव मञ्चका अध्यक्ष तथा ईन्स्टिच्युटका सञ्चालक भण्डारीको अध्यक्षता,बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक तथा वरिष्ठ साहित्यकार हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यता,शुद्धोधन गाउँपालिका प्रवक्ता तथा वडा न.४ अध्यक्ष राजेन्द्र कडेल,फर्साटिकर माध्यमिक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नर बहादुर घर्तीको विशिष्ट आतिथ्यता तथा खेम काफ्ले,संगम न्यौपाने र सिर्जना थापाको सञ्चालनमा सम्पन्न भएको थियोे ।
महोत्सवको आयोजकको रुपमा शुद्धोधन युवा मञ्च, सहआयोजकको रुपमा उज्यालो एजुकेसन ईन्स्टिच्युट रहेको थियोे भने शुद्धोधन गाउँपालिका र शुद्धोधन गाउँपालिका वडा न. ४ले सहयोग गरेको थियोे ।