फर्साटिकर रुपन्देही, फागुन २२।
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको फर्साटिकरमा सञ्चालन भएको अन्तरमावि जिल्ला स्तरिय खुला वक्तृत्वकला प्रतियोगिताको उपाधी ड्रीम भिजन स्कुल अफ फर्साटिकरकी स्प्रीया सुवेदीले प्राप्त भएकि छन।
विजेता भएसङ्गै उनले पुरस्कार स्वरुप नगद ७ हजार सहित कप ,प्रमाणपत्र प्राप्त गरेकी छन ।
यस्तै रोज बर्ड एकेडेमीकि खुशी भुर्तेल दोस्रो हुँदै नगद ५ हजार ,कप ,प्रमाणपत्र प्राप्त गरीन।
युनाइटेड बोर्डिङ स्कुलकी विद्यार्थी जानकी खनाल तेस्रो हुँदै नगद ३ हजार र सान्त्वना हुँदै फर्साटिकर माविकि सन्ध्या थापाले नगद १ हजार कप प्रमाणपत्र प्राप्त गरिन।
प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका ४७ जना विद्यार्थीहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम शुद्धोधन युवा मञ्चको आयोजना,उज्यालो एजुकेसन ईन्स्टिच्युटको सह-आयोजना तथा शुद्धोधन गाउँपालिका र शुद्धोधन गाउँपालिका वडा न. ४ को सहयोगमा सम्पन्न भएको थियोे ।