नवलपरासी, फागुन २२ ।
आज पश्चिम नवलपरासीको सरावल गा.पा. वर्डा नं ६ तुलसी संवाद केन्द्र काे सभाहलमा समृद्धि समाजिक विकास संस्था काे आयाेजना तथा सरावल गा. पा. वडा नं ६ काे वडा कार्यालयकाे आर्थिक सहयाेगमा महिलाकाे महिनवारी सम्बन्धित जनचेतनामूलक कार्यक्रम तथा सेनेटरी प्याड वितरण सम्पन्न भएकाे छ ।
समृद्वि समाजिक विकास संस्था का अध्यक्ष महेश यादव काे अध्यक्षता तथा सरावल गा. पा. का अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा सरावल गा. पा. वडा नं ६ का वडा अध्यक्ष कैलाश यादव , वडा सदस्य नेमनारायण यादव , बडहरा दुवाैलिया का अनमी , पत्रकार सुरेश यादव लगाएतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियाे भने स्वागत मन्तव्य तुलसी संवाद केन्द्र कि सन्धया कुमारी यादवले राख्नुभएको थियाे ।