काठमाडौ । टिकटकमा यतिबेला राजधानीमै रहेको एक ठाउँ निकै चर्चामा रहेको छ । आर्ट इन प्याराडाईज नामक उक्त ठाउँमा यतिबेला युवाहरुको भिड लाग्ने गर्दछ, सन्चालनमा आएको केहि दिनमै आर्ट इन प्याराडाईजको चर्चा चुलिएको हो र युवा पुस्ता माँझ लोकप्रिय बनेको हो ।
यतिबेला टिकटकमा पनि यो ठाउँ भाईरल जस्तै भैरहेको छ । यो ठाउँमा के छ त त्यस्तो र कहाँ छ । यो ठाउँ काठमार्डौंको सुन्धारामा रहेको काठमाडौं मलको पाँचौं तल्लामा छ । दिनहुँ सयौं आएर यस ठाउँमा घुम्छन् र टिकटक बनाउदै, फोटो खिच्छन् ।