उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापाको गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल छन्।
शुक्रबार साँझ भैरहवाबाट दुबैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । बताए। पक्राउ परेका दुबैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको जनाइएको छ ।
यसअघि बाँस्तोला प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो। त्यसमध्ये होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई पक्राउ गरेर अनुसन्धान जारी रहेको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले शुक्रबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक परिवर्तन गरेको छ। तत्कालीन प्रहरी निरीक्षक उद्धव पोखरेल जिल्ला प्रहरी कार्यालय तानिएका छन् भने उनको ठाउँमा जिल्लाबाट कुन्दन देव पठाइएको छ ।