गुल्मी ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल को आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा गठित बिहानि महिला उद्यम समुहका सदस्य द्वारा आज टोल सरसफाई कार्य सम्पन्न गरेका छन्।
उक्त समुहमा बिगत एक बर्ष पहिला हेफर आधारशिला सम्पन्न भए पछी समुहका सम्पुर्ण सदस्यले सामुहिक प्रतिवद्धता गरे बमोजिम बिहानि महिला समुहले ठाटी,राहले हुदै ठुलिचौर सम्म मोटरबाटो आसपासको क्षेत्रमा भएका प्लास्टिक सिसा रबर लगाएत सम्पुर्ण किसिमका फोहोर सामाग्री हरू जम्मा गरि जलाउने र खाडलमा राख्ने काम सम्पन्न गरेका छन्।साथै फोहोर ब्यबस्थापनको लागि ठुलिचौरिमा एउटा् खाडल पनि खन्नुभएको छ
समुह सदस्य हरूले हामिले साच्चिकै आज सम्म हरेक कुराको ध्यान दिन नसक्दा टोल बस्ति सबै दुषित बनेको रहेछ। अब हामिले सुन्दर टोल बस्ति बनाउनको लागी प्रत्येक सदस्यको घरमा फोहोर संकलन गर्ने सामाग्री राखि फोहोरको उचित व्यवस्थापन गर्नेछौ। र समुह भन्दा बाहिर रहेका अन्य सदस्यहरूलाई पनि जथाभावि फोहोरको बारेमा सन्देश दिनेछौ भन्ने प्रतिवद्धता व्याक्त गर्नु भएको परियोजनाका सामुदायिक सहजकर्ता विष्णु कुवरले जानकारी दिनुभएको छ।
यो परियोजना ले बाख्रा संग सम्बन्धित मात्र नभई हाम्रो ब्याक्तिगत जिबन समेत परिवर्तन गरेको महसुस गरेका छौ। हामिलाई यो बिश्वास छ कि यो परियोजना लाई माध्याम बनाएर हामि हरेक सदस्य उद्यमी बन्न सक्ने साहास हामिमा पलाएको छ। साथै हामिले थप सहयोग र ज्ञान पाउने आशा समेत राखेका छौ भन्ने समुहका सदस्यको भनाइ रहेको थियो।
सरसफाई कार्यक्रम पछि सुरू भएको कार्यक्रममा समुहकि उपाध्यक्ष कमला बि क को अध्यक्षता समुहकि कोषाध्यक्ष छमा सुनार र ममता सुनारको स्वागत मन्तव्यसबै सदस्यको उपस्थिति रहेको कार्यक्रमको संचालन समुहकि सहसचिव सुसिला बि कको संचालनमा सम्पन्न भएको सामुदायिक सहजकर्ता विष्णु कुवरले जानकारी दिनुभयो।