प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोन गर्दै उनले नेपालमा हिंसात्मक द्वन्द्व नभएको बताएका हुन् ।
उनले नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यादिशा कसैले पनि अवलम्बन गर्ने बताए । उनले नेपाल पहिले पनि शान्तिपूर्ण देश रहेको र अहिले पनि शान्तिपूर्ण रहेको बताए । उनले आजको ठूलो उपलब्धि पनि नेपालमा द्वन्द्व छैन र शान्ति छ भन्ने नै रहेको बताए ।
‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेका छैनन् अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ छ । आजको निष्कर्षको ठूलो उपलब्धि त्यही हो अब नेपालमा द्वन्द्व छैन र शान्ति छ,’ उनले भने ।