बुटवल,रूपन्देहीको मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।
अर्थमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलले औद्योगिक कोरिडोरको शिलान्यास गरि रहदा एउटा समुह कार्यक्रम स्थल वरिपरि नारावाजी गरि रहेका थिए ।
स्थानीयले कार्यक्रम स्थल वरिपरि चारैतिरबाट आगजनी सुरु गरेपछि स्थिति तनावग्रस्त बनेकाे थियो । स्थानीय र प्रहरी बीच तनाब बढ्न थालेपछि कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री पौडेल मन्तव्य दिँदा दिँदै मन्तब्य अन्त्य गर्नु भएकाे थियोे।
वर्षौंदेखि बसोबास गर्दै आएकाहरुकाे व्यवस्थापन नगरी औद्योगिक कोरिडोरको शिलान्यास गर्न लागेको भन्दै कार्यक्रम स्थलमा स्थानीयले नाराबाजी र धर्ना दिएका थिए ।
स्थानीयको अवरोधकाे संकेत पाएकाे स्थानीय प्रशासनले ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेकाे थियोे । शिलान्यास कार्यक्रम रोक्न बिहीबार स्थानीयले मञ्च समेत भत्काइदिएका थिए ।
ढुंगा हानाहानमा एक प्रहरी र एक स्थानीय घाइते भएका छन् । भनेे आक्रोशित स्थानीयले अर्थमन्त्री पौडेले शिलान्यास गरिएको शिलालेख पनि फुटाइदिएका छन् ।
स्थानीयको माग सम्बोधन नगरी औद्योगिक क्षेत्र स्थापना भए वर्षौंदेखि बस्दै आएका स्थानीयको गास, बास र कपास खोसिने भन्दै स्थानीय संघर्ष समिति बनाएर विरोध जनाउँदै आएका छन् ।
रानीगन्ज, साविक मोतिपुर, तिलोत्तमालगायतका क्षेत्रमा ३ हजार बढी घर परिवार बस्दै आएको कोरिडोर निर्माणअघि आफूहरूको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।