• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १६, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

      ५६ मिनेट अघि

      अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

      १ दिन अघि

      सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

      २ दिन अघि

      जनप्रतिनिधिहरुले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : नेता पुन

      ३ दिन अघि

      मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

      ३ दिन अघि

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ४ दिन अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ४ दिन अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ४ दिन अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      ४ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      १ हफ्ता अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      १ हफ्ता अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    सार्थक बन्यो गोकर्ण विष्टको अडान: मलेसियामा नेपाली श्रमिक लाभान्वित

  • बुटवल दैनिक
  • २०७७ फागुन २१, शुक्रबार (२ साल अघि)
  • ६१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    काठमाडौं-दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भएपनि कार्यान्वयनमा आएको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाका सामाजिक सुरक्षा संस्था (सोस्को) बीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकले श्रम समझदारीको प्रावधानअनुसार सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने अवस्था सिर्जना भएको हो ।

    नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रवद्र्धनसम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

    नेपाली दूतावासको सक्रियतामा समझदारीको मस्यौदामाथि विभिन्न चरणमा भएको छलफलपश्चात गत माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीमा हस्ताक्षर गर्न सैद्धान्तिक सहमति दिएको थियो ।

    मन्त्रिपरिषद्को निर्णयानुसार यही फागुन ४ गते नेपालको तर्फबाट बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र फागुन १४ गते सोस्कोका प्रमुख कार्यकारी अधिकृत डा मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

    कोरोना–१९ जोखिमलाई मध्यनजर गर्दै पत्र आदानप्रदानमार्फत काठमाडौँ र क्वालालम्पुर गरी दुवै स्थानमा समझदारीपत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ ।

    वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि हुँदै आएको चर्को शोषण र गन्तव्य मुलुकमा श्रमिकमाथि हुने विभेदलाई दुई देशबीचको श्रम समझदारीले अन्त्य गरिदिएको थियो ।

    तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पेट पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन बाध्य नेपाली कुनै पनि हालतमा ठगिनु नहुने र उनीहरुले सम्बन्धित मुलुकमा श्रम कानूनले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न पाउनुपर्छ भन्दै मलेसियालाई श्रमिक पक्षीय समझदारीमा सहमत गराउन ठूलो भूमिका निर्वाह गरेका थिए ।

    विष्टकै अडान र पहलमा भएको सो समझदारीमा नेपाली श्रमिकलाई मलेसियाको श्रम कानूनअनुसार सामाजिक सुरक्षाको प्रत्याभूति गराउने विषय समेटिएको छ । दुई देशबीच भएको श्रम समझदारीले श्रमिकको सामाजिक सुरक्षासहित आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । सोही समझदारीको जगमै नेपाली श्रमिकले मलेसियामा सामाजिक सुरक्षा पाउन लागेका हुन् ।

    कार्यस्थलमा हुने श्रमिकको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले श्रमिकको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली श्रमिकका हकमा समेत लागू हुने दुई देशबीच भएको समझदारीमा समेटिएको छ ।

    वैदेशिक रोजगारीका क्रममा श्रमिकको अङ्गभङग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने तथा श्रमिकको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने समझदारीमा उल्लेख छ । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको केही समयपछि नै मलेसियाले विदेशी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो ।

    सोस्कोे के हो ?

    सोस्को मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहेको छ । हालसम्म करिब तीन लाख नेपाली श्रमिक यसमा आबद्ध भसकेका छन् । यस संस्थामा आबद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिकरुपमा बुझाउनुपर्ने हुन्छ । हालसम्म चार लाखभन्दा बढी रोजगारदाता र ७० लाख बढी स्वदेशी तथा विदेशी श्रमिक सोस्कोेमा आबद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालय रहेको दूतावासले जनाएको छ ।

    सोस्कोेमा आबद्ध भएका विदेशी श्रमिकले ‘इम्प्लोइमेन्ट इन्ज्यूरी स्किम फर फरेन वर्कर’ नामको योजनामा सामेल हुन पाउँछन् । यस योजनाअन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा सोबापत तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ । यस योजनाबमोजिम प्राप्त हुने लाभलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनःस्थापना सुविधा गरी वर्गीकरण गरिएको छ ।

    सोस्कोेले दिने सुविधा श्रमिक, श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभका निम्ति सोस्कोेले परिवारको लगत अद्यावधिक गर्ने कार्य पनि गरिरहेको छ । कार्यस्थलमा हुने दुर्घटनाका लागि रोजगारदाताले पञ्च कार्ड वा उपस्थिति रेकर्ड, मेडिकल प्रमाणपत्र र परिचयपत्रको प्रतिलिपिसहित दुर्घटना रिपोर्ट फाराम भरेर पेश गर्नुपर्ने दूतावासले जनाएको छ । काममा आउँदा वा कामबाट फर्कंदा दुर्घटना भएको अवस्थामा पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनपर्नेछ ।

    कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगबाट पीडित श्रमिकले उक्त संस्थासँग आबद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा उपचार गराउँदा निःशुल्क उपचारको सुविधा पाउनेछन् । पूर्णरुपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरु तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ता पाउने व्यवस्था रहेको दूतावासले जनाएको छ ।

    यसैगरी मृत्यु भएका श्रमिकको रोजगारदातालाई मलेसियामै वा श्रमिकको मुलुकमा दाहसंस्कार गर्दा अन्त्येष्टि खर्च उपलब्ध हुनेछ । अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ भने श्रमिक स्वयं वा निजको परिवारजनले पाउने सुविधा हुन् । कुनै पनि श्रमिक दुर्घटनामा परी स्थायी रुपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ प्राप्त गर्ने बताइएको छ । अस्थायीरुपमा काम गर्न असक्षम भएकाहरुले भने तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्ने दूतवासले जनाएको छ ।

    आश्रित लाभ अन्तर्गत कुनै श्रमिकको कामका सिलसिलामा मृत्यु भएमा निजको पति वा पत्नीले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम प्राप्त गर्नेछन् । मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म आमा वा बाबु जीवित भएमा दैनिक तलबको ४० प्रतिशतका दरले वा आमा वा बाबुको पनि मृत्यु भएमा दैनिक तलबको ६० प्रतिशतका दरले हुन आउने रकम नै प्राप्त गर्नेछन् । श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलब दरको ३० देखि ४० प्रतिशतका दरले हुन आउने रकम आजीवन प्राप्त गर्ने पनि दूतावासले जनाएको छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    समाचार

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    बुटवल दैनिक बिशेष

    न्युस्टार मलागिरीले चौथो वार्षिकोत्सब कार्तिक २ देखि ५ गतेसम्म मनाउँदै

    अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला अध्यक्षमा ताराबहादुर रायमाझी निर्वाचित

    सनराईजले नवौं वार्षिकोत्सब असोज २८,२९ र ३० गते गर्दै

    मधाने सामुदायिक स्वास्थ्य केन्द्रमा दन्त र बालरोग बिषेशज्ञ द्वारा स्वास्थ्य शिबिर संचालन हुँदै

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑