गोरखाकी १४ वर्षीया गरिमा श्रेष्ठले “बाल बलात्कार र सजाय” विषयक १ मिनेटको राष्ट्रव्यापी भिडियो वक्तृत्वकला प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड जितेकी छिन ।
पब्लिक च्वाइस अवार्ड तर्फ १२ भिडियो राखिएकोमा सेन्ट मेरिज स्कुल गोरखामा कक्षा ९ मा अध्ययनरत छात्रा गरिमा श्रेष्ठले सबैभन्दा धेरै ४ हजार ८ सय भोट प्राप्त गरेकी थिइन । त्यस्तै सोही प्रतियोगिताको निर्णायक अवार्ड तर्फ बाराकी वर्ष १७ की समीक्षा न्यौपानेले जितेकी छिन ।
सार्वजनिक सुचना मार्फत भिडियो आह्वान गरेकोमा प्राप्त भएको १ सय २२ वटा भिडियो मध्ये २ वटा भिडियो पुरस्कृत भएको आयोजक फ्रेस इन्टरनेशनल नेपालले जनाएको छ । बिजेता दुवै जना लाई आगामी मार्च दोस्रो साता भित्र काठमाण्डौंमा एक कार्यक्रमका बीच जनही नगद २५ हजार रुपिया सहित प्रमाण पत्र प्रदान गर्नेछ ।