गैडहवा । गैडहवामा आजबाट तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । गाँउपालिकाले आज एक कार्यक्रमको आयोजना गरी राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने धुल नाराका साथ कार्यक्रम सुरु गरेको छ ।
खेलकुदले अनुसाशन सिकाउने भन्दै यस्ता कार्यक्रमले बिद्यार्थिलाइ परिचित हुने मौका हुनेहुदा यस कार्यक्रमको आयोजना गरिएको गाउपालिका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि बच्चुलाल केवटले जिकिर गर्नुभयो ।
बिद्यालयमा बिद्यार्थिहरुलाइ व्यवहारीक ज्ञान सिकाउनुपर्ने जसका लागि खेलकुद अवरिहार्य रहेको स्थानिय समाजसेवि तथा प्रदेशका पुर्व खेलकुद समितिका प्रमुख मोहम्मद इस्लामले बताउनुभयो । भने बिद्यालयमा नियमित रुपमा खेलकुदका कार्यक्रम गर्नुपर्ने जसपाका स्थानिय नेता अयोध्या सिङंले बताउनुभयो ।
गाउपालिकाले खेलकुद क्षेत्रमा सबै उमेर समुहलाइ समेटनुपर्ने भन्दै सबै कुराले गुणस्तरीय शिक्ष नै अहिलेको हावश्यकता रहेको नेकपा गाउकमिटीका सचिब चन्द्र बहादुर घर्तिले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक बिद्यालयको प्रतिनिधित्व गदै जन कल्याण माध्यमिक बिद्यालयका प्रधानाध्यापक सञ्जय यादव र संस्थागत बिद्यालयको प्रतिनिधित्व गदै ब्राइट दिक्षा बोर्डिङ स्कुलका सन्तोष अधिकारी बोल्नुभएको थियो ।
रसनङ्गशिल्ड चार दिन सम्म चल्ने छ । खेलकुद कार्यक्रम अन्तरगत आज उद्घाटनको दिन भलिबल। क्बड्डि, एक सय र दुइ सय मिटरको दौड छाज्ञ छात्राको बिचमा सम्पन्न भएको छ । भने खेल समयावधि भर सटmिुट रिलेदौड दौड लगायतका खेल हुने आयोजकले जनाएको छ ।
कार्यक्रम भुवनकुमार रानाको अध्यक्षता , गाउपालिका प्रमुख बच्चुलाल केवटको प्रमुख आतिथ्यता , प्रशासकिय प्रमुख चिञ्जीवि घिमिरेकको बिशिष्ट आतिथ्यता तियो ल। भने शिक्षक रामजि आचार्यको स्वागत तथा हरिश चन्द्र कोहारको सञ्चालन थियो ।