गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं.१ हुँगा गुल्मीमा गएराति चोरहरुले सात घर फोरेको स्थानिय केशब सुबेदिले बताउनुभयो ।
राति करिब १० बजेतिर तोल्घामा नेत्र प्रसाद भण्डारीको घरबाट नगद १५ हजार भन्दा बढि रकम , साथै बिहान दुइ बजे तिर केशब सुबेदिको घरमा दराजको ढोका फोरियको, दान बहादुर पल्लिको पसलबाट महत्त्वपूर्ण कागजत तथा करिब ६ हजार भन्दा बढि नगद , इन्द्रकला बिकको निवासमा पनि ४ ढोका फोरिनुका साथै चादि तथा बहुमुल्य सामाग्री चोरि भएको र बिर बहादुर सुनारको निवासमा ढोका तथा दराज फोर्दा चोर भागेको बताईएको छ ।
त्यस्तै गणेश प्रसाद भण्डारीको घरमा पनि रु १२ हजार भन्दा बढि नगद चोरले लगेको भण्डारीले जानकारी दिनुभयो । गाउँ भरि चोरी बड्न थाले पछी स्थानिय सुमित्रा सुबेदि छिमेकि राधिका न्यौपानेको घरमा सघि दिन जादा आफ्नै घरमा चोर पसेर चोरले नगद वृद्ध भता बुझेर राखेको रु. १५ हजार लगेको बताउनु भयो ।
चोर गाउँ भरि पस्न थाले पछी स्थानियमा त्रास फैलिन्नुका साथै रातभरि जाग्राम बसेको बिष्णु प्रसाद सुबेदिले बताउनुभयो। अहिले गुल्मी श्रीङ्गा बाट प्रहरी प्रसासको टोलिले चोरको खोजि गरिरहेको बताईएको छ ।