काठमाडौं । ललितपुरमा जिपको ठक्करबाट एक छात्राको मृत्यु भएको छ । आज बिहान ललितपुरको नख्खुमा स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट १९ वर्षिय अञ्जु दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसार बिहान साढे ५ बजेको समयमा अञ्जु दाहालले सडक पार गर्दै गर्दा उनलाई जीपले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी अञ्जु दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको श्रोतले जनाएको छ ।
सिन्धुपाल्चोकमा घर भएकी दहाल ललितपुरको बागडोल बस्दै आएकी थिइन । उनी कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन ।
प्रहरी अनुसार जीप चालकलाई पक्राउ गरेको छ ।