• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०७८ बैशाख ६, सोमबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • भिडियो
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

      ४६ मिनेट अघि

      ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

      १ घण्टा अघि

      समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

      २ घण्टा अघि

      अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

      २ घण्टा अघि

      पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

      ४ घण्टा अघि

      लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

      ५ घण्टा अघि

      एसपी केसिले गरे अवैध हतियारधारी समूह माथी अप्रेसन

      ५ घण्टा अघि

      शुद्धोधन मल्टिमिडिया प्रालीको प्रथम अधिबेशन सम्पन्न ,अध्यक्षमा डुम्रे निर्वाचित

      २३ घण्टा अघि

      एकसय जना जेष्ठ नागरिक सम्मानित

      १ दिन अघि

      गुल्मीमा सन्चालित निःशुल्क आयुर्वेद शिविरमा साढे पाँच सयले लिए सेवा

      १ दिन अघि

      गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त

      १ दिन अघि

      आजको मौसम : चट्याङ, हावाहुरीसहित पानी पर्ने सम्भावना

      १ दिन अघि

      पेट्रोल, डिजेल र मटितेलको मूल्य फेरि बढ्यो।

      १ दिन अघि

      अर्घाखाँचीमा चट्याङबाट १ जनाको मृत्यु

      २ दिन अघि

      तान्त्रिक प्रयोजनका लागि हत्यामा संलग्न ६ जना पक्राउ ।

      ३ दिन अघि
    in
    आज: २०७८ बैशाख ६, सोमबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    बुटवलका ‘सामुदायिक मावि’ देशकै उत्कृष्ट

  • बुटवल दैनिक
  • २०७७ फागुन १९, बुधबार (१ महिना अघि)
  • १३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • फाईल तस्विर

    बुटवल । सामुदायिक माविको कार्य सम्पादनमा बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालय मुलुकमै उत्कृष्ट देखिएका छन् ।

    शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना विद्यालयका रुपमा छनोट गरी शैक्षिक शत्र २०७५/७६ मा गरेका सामुदायिक विद्यालयको कार्य सम्पादन परीक्षणको हालै प्रकाशित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवलमा सामुदायिक माध्यमिक विद्यालय उत्कृष्ट देखिएको हो ।

    मुलुकभरका नौ जिल्ला नमूना सामुदायिक विद्यालय छनोट गरी कार्यसम्पादन मूल्याङ्कनका आधारमा बुटवलका विद्यालय देशभरकै पालिकामा प्रथम भएको केन्द्रका प्रमुख उत्तरकुमार पराजुलीले जानकारी दिए । उनले परीक्षणमा ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका पालिका उत्कृष्ट ठहरिएको जानकारी दिए ।

    उनका अनुसार सामुदायिक विद्यालयको मुख्यतया चार सूचकमा विभाजन गरी मूल्याङ्कको गरिएको थियो । विद्यालयमा समग्र लगानी २७ सूचक, प्रक्रियाका ४६ सूचक, शिक्षकको योग्यता तथा उपलब्धता १५ सूचक र समुदायबाट विद्यालयलाई सहयोगलाई मानेर जम्मा ८९ सूचकमा बाडेर मूल्याङ्कन गरिएको थियो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक निकायको कार्यसम्पादन परीक्षण सूचकमा विद्यालयमा गरिएको लगानी, प्रक्रिया, उपलब्धि, विद्यार्थी सङ्ख्या र नतिजालाई विषय क्षेत्र निर्धारण गरिएको छ । लगानीअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र समुदायको सहभागितासम्बन्धी सूचक छन् ।

    प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह तथा अतिरिक्त क्रियाकलापसम्बन्धी सूचक छन् । उपलब्धि सम्बद्ध सूचकमा विद्यार्थीको विद्यालयमा नियमितता, विद्यालय छाड्ने र कक्षा दोहो-याउने दर, विद्यार्थीको औसत सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि सम्बद्ध सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो । यी समग्र पक्षमा मुलुकभरका पालिकामा बुटवलका विद्यालय उत्कृष्ट भएको हो । परीक्षण पूर्वको चरण, परीक्षणको चरण र परीक्षण पश्चात्को चरणको विद्यालयको अवस्था हेरेर मूल्याङ्कन गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ ।

    शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्य सम्पादन परीक्षण गरिएका देशभरका नौ जिल्लाका ९९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्य सम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्य सम्पादन भएका विद्यालय ९९६ मध्ये जम्मा बुटवल र दार्चुला उत्कृष्ट देखिएका छन् ।

    कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रुपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ । यो २०.३ प्रतिशत छ । सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा छ । औसत अङ्कमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अङ्क छ भने कममा ६० प्रतिशत छ । रुपन्देहीकै अरु पालिकामा बढी अङ्क ८१ मात्रै छ भने कममा ४० छ । परीक्षणका लागि रुपन्देहीका १६ वटै पालिकाका सामुदायिक मावि परेका थिए । बुटवलका २० वटा सामुदायिक माविको मूल्याङ्कन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाहरूबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

    शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्य अनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । समग्र उपमहानगरलाई एउटा विद्यालय अर्थात् सिकाइ स्थलका रुपमा विकास गर्दै मुलुकभरमै पहिलो पटक शैक्षिक संगोष्ठी, स्थानीय पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ तथा पठनपाठन गराउनेदेखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बनाउने गरी योजना तय भएको प्रमुख सुवेदीको भनाइ छ ।

    प्राप्त नतिजाले विद्यालयको समग्र कार्य सम्पादनको अनुगमन गर्न सहज भई शैक्षिक क्षेत्रको सुधार र अरु प्रगतिका लागि दूरदृष्टि तय गरी आगामी योजना निर्माण गर्न मात्र नभई कार्यान्वयनका गर्दा ध्यान दिनुपर्ने पक्षबारे मार्ग निर्देश भएको प्रमुख सुवेदीले बताए । बुटवल उपमहानगरपालिकाअन्तर्गत ३९ सामुदायिक विद्यालय छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र तीन मदरसा विद्यालय सञ्चालनमा छन् । कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या करिब २३ हजार छन् ।

    अहिलेको नतिजाले अझ उत्कृष्ट बनाउन हौसला बढाएको बताउँदै उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले सबै पक्षको सहकार्य र समन्वयमा बुटवलको शैक्षिक गुणस्तर उत्कृष्ट बन्दै गएको उल्लेख गरे ।रासस

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई butwaldainik@gmail.com मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    पश्चिम नवलपरासी को मालपोतका एक कर्मचारीमा कोरोना पुष्टि, सेवा सेवा बन्द

    लेखाशाखा प्रमुख माथि वडा अध्यक्ष देवानन्द शुक्ला ले गरे हातपात

    समाचार

    नवलपरासीमा पेस्तोल सहित युवक पक्राउ

    ज स पा लुम्बिनी प्रदेशका ४ जना नेता मन्त्री बनेका लाई स्पष्टीकरण

    समिक्षा अधिकारी र केहरसिंह प्यासीको स्वरमा मधेशमा मैना सार्वजनिक(भिडियो हेर्नुहोस)

    अब सार्वजनिक स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने

    बुटवल दैनिक बिशेष

    पर्वत रुपन्देही सेवा समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न

    बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

    सामूदायिक विद्यालय सुधारमा तिलोत्तमाको पहल ,६ वटा विद्यालयलाई गाडी वितरण

    पोखरेलको जितसँगै रुपन्देहीमा दुई दशकपछि पायाे प्रेस युनियनले अध्यक्ष

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरी छ कि छोरा सजिलै पत्ता लगाउने तरिका हेर्नुहोस्

  • २०७७ जेष्ठ ४, आईतबार
  • २२९१७ पाठक संख्या
  • २.

    बुटवलमा हत्या गरि सुटकेशमा शव राखेर बागलुङ पुर्याउने पक्राउ ।

  • २०७८ बैशाख ३, शुक्रबार
  • २१२३७ पाठक संख्या
  • ३.

    नयाँ वर्षको दिन दुखद खबर ,प्रशासकिय अधिकृत श्याम न्यौपाने सहित ३ जनाको मृत्यु

  • २०७८ बैशाख १, बुधबार
  • ३७०३ पाठक संख्या
  • ४.

    बुटवल शान्तिचोकमा सवारी दुर्घटना, १ जनाको मृत्यु

  • २०७७ माघ २८, बुधबार
  • ३२५० पाठक संख्या
  • ५.

    तिलोत्तमा मा रहेको प्यारामाउण्ट बोडिङ्ङ स्कुलमा नेपाल विद्यार्थी संघले लगायो ताला ..

  • २०७७ अषाढ २२, सोमबार
  • २८२० पाठक संख्या
  • ६.

    शारीरिक सम्पर्क बाट कोरोना सर्छ या सर्दैन ?

  • २०७७ जेष्ठ १, बिहिबार
  • २७५० पाठक संख्या
  • सन्चालक / संबादाता
    मोहन ब. खत्री क्षेत्री

    सम्पादक
    सृजना मर्सांगी मगर

    पत्राचार ठेगाना

    लुम्बिनी संचार नेटवर्क प्रा.ली. द्वारा संचालित
    बुटवल दैनिक डट कम का लागी
    ठेगाना बुटवल ०८, रुपन्देही
    ईमेल: lumbinisancharnetwork@gmail.com
    सम्पर्क न 9857073632

    फेसबुक

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑