गुल्मी ।
रिडर्स पब्लिक हाइ स्कुल तम्घास गुल्मीले नेपालमै पहिलो बिद्याबारिधी गर्ने पुर्ब विद्यार्थीलाई सम्मान गरेको छ।
उक्त बिधालय बाट २०५९ सालमा एस् एल् सी गरेका पुर्ब बिद्यार्थी डा बिजय थापा लाई एक कार्यक्रम गरि सम्मान गरिएको हो।गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १ निवासी डा थापाले काठमाण्डाेेेे बिश्वबिधालय बाट बाताबरण इन्जिनियरिङ् अन्तर्गत Waste water Treatment Technology शीर्षकमा बिद्याबारिधी हासिल गरेका छन्।उनी यो बिषयमा बिद्याबारिधी गर्ने पहिलो नेपाली समेत हुन्।
कार्यक्रम मा बोल्दै थापाले आफुलाइ यो स्थान हासिल गर्न स्कुल पढ्दा देखि नै बिधालय बाट हौसला मिलेको र उक्त हौसलाले सधै आफुलाई सकारात्मक उर्जा दिने गरेकोले बिधालय लाई कहिल्यै नभुल्ने बताएका थिए।आफुलाइ अध्यापन गराउने शिक्षक हरुलाइ सम्मान समेत गरेका थिए।साथै बिधालयको तर्फबाट सम्मान पत्र सहित मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै बिधालयका सस्थापक प्रीन्सिपल श्री प्रसाद भलामीले देश का महत्त्वपूर्ण सरकारी ,गैर सरकारी र निजि क्षेत्र मा बिधालयबाट उत्पादित जनशक्ति कर्यरत रहेको र आफुहरु लाई यसैमा सन्तुष्ट मिलेको बताउनु भयो।बिधालय का प्रीन्सिपल श्री प्रसाद भलामी को अध्यक्षता रहेको कार्यक्रम को संचालन प्रशासकिय सम्योजक पुष्कर खड्काले गर्नु भएको थियो।