काठमाडौ । पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ ।
गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो ।
पूर्व मन्त्री बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ । हरि प्रसाद बास्कोटाका गोकुल, केशव, उद्धव र माधव बास्कोटा सहित चार दाजुभाइ छन ।