कावासाेती– नवलपरासी पूर्वको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै जना चालकको मृत्यु भएको छ । गयराती १२ बजे ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक एक आपसमा ठोकिएका थिए। दुर्घट्नामा परि ३०११ नम्बरको ट्रक चालक पोखरा १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ।
दुर्घट्नामा परि दुबै ट्रकका सहचालक घाइते भएका छन्। घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई–६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन्। उनीहरु दुवैको अवस्था गम्भीर रहेको र उपचार गर्न चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको रजहर प्रहरीले जनाएको छ ।