• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      २ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / मुख्य समाचार

    गुल्मीमा अपहरणमा परेकी भनिएकी एक युवतीको शव फेला

  • बुटवल दैनिक संवाददाता
  • २०७७ फागुन १७, सोमबार (२ साल अघि)
  • १८९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • फाईल तस्विर

    गुल्मी,१७ फागुन-

    फेसबुकमा पछ्याउनुहोस्

    गुल्मीमा अपहरणमा परेकी भनिएकी एक युवतीको शव बारीको कुनामा फेला परेको छ ।

    जिल्लाको रेसुगां नगरपालिका ३ भाडगाउँकी सम्झना खत्रीको शव घर नजिकै बारीको कुनामा भेटिएको बताईएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दैछ । उनी अपहरणमा परेको भन्दै खोजीकार्य थालिएको थियो ।

    घट्नाको श्रृङ्खला

    गत माघ २९ गते जिल्लाको रेसुङ्गा नगरपालिका ३ भाडगाउँमा २१ वर्षकी सम्झना खत्री बोहोरालाई उनकै घरबाट केही नचिनेका युवाहरुले बेपत्ता बनाए । बुहारी हराएको खबर उनकी सासु तोमकला खत्रीले छिमेकीलाई जानकारी गराईन । खोज खबर गर्दा कतै पनि नभेटिएपछि घटना जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुग्यो ।

    फागनु १ गतेका दिन प्रहरीले सासु र उनका छोरा नेत्रबहादुर खत्रीलाई जिल्ला प्रहरी कार्यालयमा बोलायो र बुहारी कसरी बेपत्ता भईन भनी सोधपुछ गयो ।

    केही समय हिरासतमा राख्यो घरमा सानो बच्चा भएको भन्दै सासुलाई प्रहरीले साझ घर पठायो । छोरालाई हिरासतमै राख्यो । अर्कोदिन बिहान घर नजिकै खनियाँको रुखमा ४८ बर्षीया तोमकला खत्री झुण्डिएको अबस्थामा मृत फेला परिन ।

    घरबाटै बेपत्ता भएको छोरीको खोजतलास गरिदिनु पर्यो भन्दै सम्झनाको माईती मुसिकोट नगरपालिका वडा नम्वर २ अमराईबाट जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए ।

    उजुरी दुई थरि बन्यो, बेपत्ता सम्झनाका पती नेत्रबहादुर खत्रीले माईतीजनले आत्माहत्या गर्न आफ्नी आमालाई बाध्य पारेको भन्दै प्रहरीमा दुरुसाहनको मुद्धा दर्ता गरे ।

    अझै अचम्मको कुरा त आफ्नो छोरी खोजीदिनु पर्यो भन्दै उजुरी बाकेर आएका सम्झनाका बाबु हरिबहादुर बोहरालाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ ।

    परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समुहका जिल्ला पार्टी अध्यक्ष सोमनाथ सापकोटा नेताहरु बुद्धि जिसी, हिरा एसी , मुसिकोट ३ का वडाध्यक्ष कर्णबहादुर जिसी बिद्यार्थी नेता श्रीराम महत लगायतले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र एसपी प्रविण कुमार श्रेष्ठलाई घटनाको बारेमा गहिरो अध्यायन गर्न सुझाए । ‘छोरीको खोजी पाउँ भन्दै प्रहरी प्रशासन आएका बाबुलाई नै हिरासतमा लिनु यो कस्तो अचम्म । के हो यसको रहस्य ? ‘ नेताहरुले प्रश्न गरे ।

    आत्महत्या नगर्दै मृतक सासुको बयान के थियो ?

    बुहरी हराएको दुईदिन पछि आत्माहत्या गरेकी सासु तोमकलाले आत्महत्या नगर्दै प्रहरी समक्ष बुहारी हराउनुको रहस्य यसरी खोलिन ।

    ‘विहिवार राती हामीले खाना खाईसकेपछि ३ जना अपरिचीत युवाहरु घरमा आएको र बुहारीसंग घरको किचन मै बसेर बुहारी सहित चारै जनाले मदिरा सेवन गरेका हुन । विहानपख उनीहरु भागेर गए,’ उनले भनिन ।

    माईति पट्टिका छिमेकी श्रीराम महतले ‘घरमा छोरा नभएको बेला त्यो पनि रातको समयमा परपरुष आउँदा छोरालाई फोन गरेर जानकारी दिन र गाउँवासीसंग गुहार माग्न पर्नेकी नपर्ने ? अर्को कुरा सासुकै सामु बुहारीले परपुरुष घरमा बोलाईन भनेर कसरी पत्याउन सकिन्छ ? ’ यो कुरा निकै कपोकल्पित जस्तो लाग्छ ।’

    साथै महतले भने बुहारी हराएको मुद्दा ओझेल पार्न माइती विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । आरोपकै भएमा बिना कुनै अध्ययन मुद्दा दर्ता गरिनु प्रहरी प्रशासनको लापरबाही भएको जिकिर गरे ।

    आत्माहत्या दुरुसाहनको मुद्धा प्रहरीले निकै हतारोमा दर्ता गर्नु आपत्तीको बिषय भएको मुसिकोटका मेयर सापकोटाले प्रतिकृया दिए ।

    ‘यता बुहारी हराएको छ उता सासुले आत्महत्या गरिन, यो कसले कसलाई दुरुत्याहन गर्यो ? तपाईँले बुझेर दर्ता गर्नु भो कि लहडमा ?’ सापकोटाले प्रहरी प्रमुख श्रेष्ठलाई प्रश्न गरे ।

    मुसिकोट नगरपालिका ३ का वडाध्यक्ष कर्णबहादुर घर्ति क्षेत्रीले कतै भने, ‘प्रहरीले ठुला अपराधका घटनाको मुद्धा दर्ता गर्न आनाकानी गर्ने कतै भने बेपत्ता महिलाको घटना ओझेलमा पार्न माईती बिरुद्ध नै आत्माहत्याको दुरुसाहन मुद्धा दर्ता गर्ने ? यस्तो पनि न्यायसंगत हुन्छ र ।’

    सम्झनाका पतिप्रति आशंका

    सम्झनाका पति गाडी चालक हुन । मुसिकोट साईडमै गाडी चलाउने क्रममा तम्घासको शिद्धबाबा माविमा कक्षा ११ मा पढ्दै गरेकी मुसिकोट गाउँकै सम्झना बोहरालाई प्रेम गरी तीन बर्ष अघि भागि बिबाह गरेका थिए । उनीहरुको १५ महिनाको छोरा समेत छन ।

    मायाप्रीती लाएर विवाह बन्धनमा घरबार सुरु गरेका यि जोडीको एक वर्ष वित्दैबाट खटपट सुरु भयो । दुई बर्षयता उनले श्रीमतिलाई कुटपिट गर्ने हेला गर्ने र तृरस्कार गर्दै आई रहेको सम्झनाकी बहिनी सिर्जना बोहोरा बताउँछिन ।

    उनी बेपत्ता हुनुको साँझ करिव ५ बजेको समयमा दिदीले फोन गरेर सासुले घर छाडेर जा यहाँ बस्न पाईदैन भन्दै गालीगलौज गर्ने भन्दै रोएको उनको भनाइ छ ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    मुख्य समाचार सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

    अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑