नवलपरासी , १७ फागुन-
पश्चिम नवलपरासीको पल्हीनन्दन गाउँपालिका मा रहेकाे युवा,बालबालिका,महिला,जेष्ठ अपांग तथा सडक ,शिक्षा ,स्वास्थ्य ,खानेपानी जस्ता समस्याहरुलाई चाडै समाधान गरिने पल्हीनन्दन गाउँपालिका का अध्यक्ष दिपक गुप्ता ( बैजु)ले जानकारी दिनु भएकाे छ।
पल्हीनन्दन गाउँपालिका मा रहेकाे वडा न १ देखि ६ सम्मकाे सबै समस्याहरुलाई समाधान गरि जनतालाई सहजता प्रदान गरिने अाफ्नाे मुख्य जिम्मेवारी रहेकाे प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे।
पल्हीनन्दन गाउँपालिका क्षेत्र भित्र रहेको लागुपदार्थ दुर्ब्यसनि बढि हुने भएकाेले यस तर्फ पनि समाधानका लागि अाफु लागि परेकाे बताउनु भयाे।
याे गाउँ पालिका अन्तर्गत रहेकाे यी विभिन्न समस्याहरु समाधान गर्न गाउँ पालिका ले कुनै पनि कुरामा पछि नपर्ने ठाेकुवा गर्नु भयाे।
गाउँ पालिका अन्तर्गत रहेकाे सम्पुर्ण सरकारी गैरसरकारी संघसंस्थालाई पल्हीनन्दन को सम्पुर्ण समस्या समाधान गर्न सबैमिलेर जानू पर्ने सबैमा निर्देशन समेत गरिसकेकाे बताउनु भयाे ।
याे बर्षकाे खास गरि बाल मैत्री,जेष्ठ नागरिक, गभवती महिला हरु को लागि तथा सडक कालाेपत्रे शिक्षा ,स्वास्थ्य ,खानेपानि ,युवा बिकास तालिम ,निर्माण,महिला ,बालबालिका ,पिछडा बर्ग लगायत क्षेत्रकाे बिनियाेजित कार्य ६५ प्रतिशत सम्पन्न भइसकेको छ र ३५ प्रतिशत कार्य प्रक्रियामा रहेको जानकारी दिनुभएको छ।