बुटवल, १६ फागुन ।
लायन्स क्लब अफ बुटवल सनराईज द्वारा सुगर र मृगौलाको निशुल्क परिक्षण गरिएको छ । आईतवार एक कार्यक्रम गर्दै सुगर भएका र मृगौलाको निशुल्क परिक्षण गरिएको हो ।
बुटवल हिलपार्क अगाडि गेटमा आइतबार बिहान ५ बजेदेखी सुगर र मृगौलाको निशुल्क परिक्षण गरिएको कार्यक्रम संयोजक विकाश पन्थीले जानकारी दिए । परिक्षण कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिएमटी डिस्ट्रिक कोडिनेटर सुनिता बजिमयको उपस्थित रहेको थियो ।
सुगर र मृगौलाको निशुल्क परिक्षण कार्यक्रमको व्यवस्थापन एसियन डाएग्नोस्टिक प्रालीले गरेको अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । परिक्षण कार्यक्रमको संचालन रोशन अर्यालले गरेका थिए ।
कार्यक्रममा ३०० जना भन्दा बढीको सहभागीता रहेको थियोे ।