बुटवल, १५ फागुन :- नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ । संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।
लुम्बिनी प्रदेशका सभामुख पुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने धारणा राख्नु भयो ।
सामाजिक काम गर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामा सिमित रहेको छ । कार्यालय स्थापना गर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमल बहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्य लगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याउनु भयो ।
रक्तदान कार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।