रुपन्देही ।
नेपाल मगर संघ शुध्दाेधन गाउँ पालिका काे आयोजनामा ३९ ओ मगर एकता दिवस तथा प्रथम महोत्सव तथा पुरस्कार वितरण कार्यक्रम शनिबार एक समारोहबीच शुध्दाेधन ५ मानपकडी काेटहीमाइ मन्दिर दरबहवाकाे प्राङ्गणमा सम्पन्न भएको छ।नेपाल मगर संघ शुध्दाेधनका अध्यक्ष हेमन्त थापाको अध्यक्ष्ातामा भएको समापन कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष धनी आले मगरको प्रमुख्यातामा भएको कार्यक्रममा प्रमुख अतिथि ले पानशमा दिप प्रजोलन गरि कार्यक्रमको उद्घाटन गर्दै। यश नेपाल मगर संघ ले २०३८ सालदेखि फागुन १५ स्थपना दिवस र मगर एकता दिवस मगरात पहिचानका लागि मगर एकता दिवस मनाउँदै आइरहेका छौ।मगर हरुले मगरात संस्कृति काे पहिचान बनाउन भेषभुषा र भाषा लाई ध्यानाकर्षण गर्नुपर्नेमा जोड दिदै मगर भाषा नेपाल सरकारले सम्बोधन नगरेकाले मुलुक मगर जातिका मगरले भाषा बुज्ने र बोल्ने हरुकाे धेरै कमी रहेको बताउदै हरेक विद्यालयहरुमा मगर भाषाको शिक्षा दिनुपर्ने मा नेपाल सरकारलाई आग्रह गरिन।
कार्यक्रम अध्यक्ष हेमन्त थापामगरले यो मगर एकता दिवस मात्र नभइ गैर मगर हरुले अबका दिनहरूमा मगर एकता दिवस मात्र नभएइ नेपाल एकता दिवसको रुपमा मनाइने नेपाल मगर संघ शुध्दाेधनका अध्यक्ष हेमन्त थापामगरले बताए।
नेपाल मगर संघ जिल्ला कोषाध्यक्ष क्याप्टेन हेमबहादुर रानामगरले मगर एकता दिवस फागुनमा मात्रै नभइ अरु अरु कार्यक्रममा केन्द्रीकृत भइ सरिक हुनुपर्नेमा जोड दीए।शुध्दाेधन ५का वडा अध्यक्ष पुन्नेराम गौतमले मगर एकता दिवस हरेक वर्ष मनाउँदै आएको छ।शुध्दाेधन वडा नः५काे कार्यालयले सहयोग गर्दै आएको र निरन्तरता सहयोग दिने प्रतिबद्धता गरे।शुध्दाेधन वडा नः४का अध्यक्ष राजेन्द्र कंडेलले मगर दिवस केवल मगर जातीले होइन ,हामी सबै मिलि यश पर्वलाई मनाउनु पर्ने र यसो गरे हामी सबै नेपाली भएको चिनारी झल्काउने र देश र समाज विकास गर्न सबै मिले मात्र एउटा सुन्दर र सम्मुनत रास्ट्र निर्माण हुने बताए।
विविध खेलकुद प्रतियोगिता कार्यक्रममा महिला भलिबल प्रतियोगितामा शुध्दाेधन २साबिक खडवा बनगाइ ले प्रथम स्थान हासिल गरेकाे छ।भने दोस्रो स्थानमा शुध्दाेधन ५ मानपकडीले हासिल गरेको छ।त्सैगरी पुरुष भलिबल प्रतियोगितामा शुध्दाेधन ५ मानपकडीका खेलाडीले प्रथम स्थान हासिल गरेको छ र दोस्रो स्थान मा शुध्दाेधन ४ले हासिल गरेको छ।
नेपाल मगर संघ शुध्दाेधनका उपाध्यक्ष यमबहादुर घर्ती मगरको स्वागतमा संघका सचिव मानबहादुर थापाको संचालनमा सो समापन कार्यक्रम सम्पन्न भएको थियो।