तिलोत्तमा । स्थापनाकालको छोटो समयमै सामाजिक कार्यहरूमा अग्रसर हुँदै आएको लियो क्लब अफ भलवारी सिटीले युवा नेतृत्व विकास तालिमको पहिलो चरणको अपार सफलता पछि नयाँ परीक्षार्थीकै बढ्दो इछुक्तालाई मध्यनजर गर्दै दोस्रो चरणको युवा नेतृत्व विकास तालिमको आयोजना गरेको छ ।
तिलोत्तमा ७ भलवारी स्थित सुनगाभा रिसोर्टमा फाल्गुन २२गते शनिबारका दिन बिहान ९बजे बाट हुन लागेको उक्त कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालको प्रमुख आतिथ्य रहने जनाइएको छ । कार्यक्रम संयोजक लियो आर्यन मण्डलका अनुसार करिब एक बर्ष अगाडि आयोजना भएको पहिलो चरणको तालिममा युवा पुस्ताको उल्लेखनिय सहभागिता सँगै निकै फलदायी साबित भएकाले दोस्रो चरणको युवा नेतृत्व विकास सम्मेलन आयोजन गर्नुको मुख्य उद्देश्य रहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा युवा पुस्ताहरु माझ निकैनै लोकप्रिय व्यक्तित्व, सामाजिक अभियन्ता अब्दुस मिया, लियो डिस्ट्रिक काउन्सिल 325 B2 का अध्यक्ष लियो कुबेर पाठक, र युवा अभियन्ता भावना राउत रहने जनाइएको छ ।कार्यक्रमका लागि दर्ता शुल्क रु.२०० रहे सँगै खाजा र प्रमाण पत्र पनि प्रदान गरिने संयोजक मण्डलले जानकारी दिनु भयो ।