गुल्मी ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक बिकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं ७ मा गठित अज्मिरकोट महिला उद्यम समुहले आफ्नो बार्षिक साधाहरण सभा सम्पन्न भएको छ ।
उक्त साधाहरण सभा मा बोल्नु हुदैप्रमुख अतिथि धुर्कोट गाउँपालिका वडा नं ७ का वडा सदस्य ढुण्डीराज घिमीरेले यो परियोजना हाम्रो गाउँपालिकामा भित्रिएपछी हाम्रो गाउमा दिदि बहिनीहरू उद्यमी बन्न लागेको र यसले हाफुले जिविको पार्जन गर्ने माध्याम आफैले खोज्न लागेको देख्दा आफु हरू निकै उत्साहित भएको जनाउनु भयो। उहाँले केहि कुरा थप्नुहुदै हामिले त सोचेका पनि थिएनौ दिदि बहिनीमा यो परियोजनाले यति छिट्टै परिवर्तन ल्याउन सक्छ भन्ने तर गरे के हुदैन भन्ने पाठ यो परियोजनका माध्याम बाट आफुहरू सक्षम बन्ने आधारहरू समुहका दिदि बहिनीले देखाएकोमा खुशी व्याक्त समेत गर्नु भयो।
सोहि ठाउँ कि ४५ वर्षिय जानका घर्ती अपाङ्ग तथा विपन्न महिला लाई समुहका जना सदस्य हरूले रू १५०० पन्ध्र सय रुपैया बराबरको कपडा र फलफुल उपहार प्रदान गरेको समुहकि अध्यक्ष रमिला पुरीले जानकारी दिनु भयो।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा हेफर आधारशिला पछिको स्व समिक्षा सम्पन्न भएपछीको सामुहिक कार्ययोजना अनुसार असाहाय र अपाङ्ग जानका घर्ती लाई बास्तविक आबस्यकताको पहिचान गरि सोहि अनुसार उहाँलाई उपहार गरिएको थियो।
समुहकि अध्यक्ष रमिला पुरि ले समुहको मासिक बचत रू ३०का दरले जम्मा भएको रू सात हजार सात सय बयालिस रूपैया बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। उहाँले हाम्रो समुहले अब बचत बढाउदै मासिक रू ५० बनाउने छौ भन्दै हाम्रो यस समुहलाई नमुना समुहको रूपमा स्थापित गर्ने समेत बताउनु भयो।
समुहकि अध्यक्ष रमिला पुरीको अध्यक्षता कोषाअध्यक्ष उमा घिमीरेको स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रममा धुर्कोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष ढुण्डीराज घिमीरेको प्रमुख आतित्थ्यता केभ हेमराज घिमीरे र समुह का सम्पुर्ण सदस्यको उपस्थिति रहेको कार्यक्रमको संचालन समुहकि कमला पुरी ले गर्नुभएको ग्रामिण पशु स्वास्थ कार्यकर्ता हेमराज घिमीरेले बताउनु भयो।