रुपन्देही । शुध्दाेधन गाउँ पालिका ६ बकुली बजार स्थित जन उत्थान बचत तथा ऋण सहकारी संस्थाको पाँचौ शाखा कार्यालयको सुदृढ सेवा केन्द्रको समुद्घाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष ज्ञानु पौडेलको अध्यक्ष्ातामा भएको कार्यक्रममा शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीले रिवन काटेर उद्घाटन गर्नुभयो।केन्द्रीय कार्यालयका व्यवस्थापक रणबहादुर थापाले संस्थागत काे बारेमा प्रकाश पार्दै २२ हजार सेयर सदस्य भएको पाँचौ शाखा बनाउन सफल भएको र केही दिनमै लुम्बिनी पनि शाखा संचालन गर्ने र लुम्बिनी प्रदेशको उत्कृष्ट पुरस्कृत भएको संस्थाले सरसफाइको मध्यनजर गरि सरसफाइ सामाग्री फर्साटिकर व्यापार संघ मानपकडी र बकुली व्यापार संघ लाई हस्तान्तरण गरिएको कुल पुजी दुई अरब १६ करोड सेयर पूजी १९ करोड बचत संकलन १ अर्ब ७४ करोड ऋण लगानी १अर्ब ७४ करोड र संस्थागत कोष १६ करोड रहेको व्यवस्थापक थापाले बताए।
शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीले कार्यक्रममा बोल्दै यश जन उत्थान सहकारीको बहुउद्देश्यीय ले गाउँ पालिका लाई केन्द्रविन्दु गरिएकोमा धन्यवाद व्यक्त गर्दै जबसम्म सहकारी लाई अगाडि बढाउन सकिन्न तबसम्म आत्मनिर्भर हुन।सक्ने सहकारीले कृषि क्षेत्रमा लगानी गरी कृषकहरू लाई आत्मनिर्भर बनाउन अपेक्षा राख्नुभयो।
शुध्दाेधन गाउँ पालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवाली यश सहकारीले महिलाको हितमा ध्यानाकर्षण गरि उद्धमी बनाउन संस्थामार्फत ध्यानाकर्षण दिनुपर्ने बताउनुभयो। शुध्दाेधन ६ का वडा अध्यक्ष जयशंकर पाठकले यश सहकारी यश शध्दाेधन गाउँ पालिकाकाे अब्बल सहकारी भएको संस्थाले कृषिमा असल ऋणी खोज गरी लगानी गर्नेमा जोड दिनुभयो।फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्द पाण्डे स्वास्थ्य शाखाका प्रमुख कविराज गौतम शुध्दाेधन गाउँ पालिका मानपकडी योजना शाखाका मानप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य दिएका थिए।उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष गिरीप्रसाद पुनको स्वागतमा र संस्थाका सचिव सरु रानाको संचालनमा साे कार्यक्रम सम्पन्न भएको हो।