बुटवल,१३ फागुन ।
बुटवल उपमहानगरपालिका वडा न ८ मा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । बिहिवार दिउँसो करिब १ बजे बुटवल ८ सिद्धबाबा अस्पताल अगाडि राजमार्गमा सवारी दुर्घटना भएको थियो । पुर्वबाट पश्चिम तर्फ गइरहेको ना १ क ८२५२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको लु २२ प ५२६९ नम्बरको मोटरसाइकल ठक्कर खान गई दुर्घटना भएको छ ।
दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालकको उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो ।
पहिचान नखुलेका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सवारी साधन मोटरसाइकल र ट्याक्टरसहित ट्याक्टर चालक रुपन्देही तिलोत्तमा ११का तेज बहादुर शाही प्रहरीको नियन्त्रण रहेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।