रुपन्देही, १३ फागुन ।
नेपाल मगर संघ शुध्दाेधन गाउँ पालिका काे आयोजनामा ३९ ओ मगर एकता दिवस कार्यक्रमकाे उद्घाटन बिहीबार शुध्दाेधन ५ मानपकडी काेटहीमाइ मन्दिर दरबहवाकाे प्राङ्गणमा भएको छ।नेपाल मगर संघ शुध्दाेधन गाउँ पालिकाले ३९ ओ मगर एकता दिवसकाे अवसरमा विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद प्रतियोगिता र मेला तथा प्रथम महोत्सवको आयोजना गरेको छ।उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तुल्सी चौधरी परेवा उडाएर कार्यक्रमको उद्घाटन गर्दै यश नेपाल मगर संघ एकता दिवस कार्यक्रम सबै एकता भएर कार्यक्रम गरेकोमा शुभकामना दिदै यश मगर समुदाय मात्रै हो।
जसले एकता दिवस मनाउने समुदाय हो।यस्तै सबै आदिवासीजनजाति ले एकता दिवस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै समृद्ध राष्ट्रियता का लागि मगर थारु मात्रै नभइ सबै समुदायले हरेक वर्ष नेपाली एकता दिवसको रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो।
लुम्बिनी प्रदेश सभा सदस्य पुष्पा चौधरीले मगरहरु र थारु समुदायमा शिक्षाको कमीकमजोरी का कारणले यो समुदाय पिछडिएको छ।सरकारले यश समुदायलाई शिक्षाका लागि निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो।
शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीले शुध्दाेधन गाउँ पालिकामा विगतका वर्ष देखि मगर एकता दिवसकाे अवसरमा विविध कार्यक्रम गर्दै साबिक का वडाको पहलमा भैरहेको थियो।भने स्थानीय सरकार भएपछि सबै गाउँ पालिका स्तरीय भएको मा गाउँ पालिकाका नेपाल मगर संघले एकता झल्काएकाेमा शुभकामना दिनुभयो। उक्त एकता दिवसको अवसरमा राष्ट्रिय स्तरीय कलाकार काे उपस्थिति विविध खेलकुद मगर्राथ झल्काउने मगर परिकार र मेलाको आकषर्ण ढुङ्गा चर्खे पिङ डान्स आईडल लगायत काे मनोरञ्जनात्मक पन्द्र गतेसम्म हुने संघका सदस्य रवि रानाले बताउनुभयो। कार्यक्रम मा नेपाल मगर संघ शुध्दाेधनका अध्यक्ष हेमन्त थापा मगरको अध्यक्ष्ातामा भएको कार्यक्रममा
नेपाल मगर संघ शुध्दाेधनका उपाध्यक्ष यमबहादुर घर्ती मगरको स्वागतमा संघका सचिव मानबहादुर थापाको संचालनमा सो उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।