• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन ९, मंगलबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      नेता कंडेललाई कारवाहीको माग

      २ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ३ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      ३ दिन अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      ४ दिन अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      ४ दिन अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      ५ दिन अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      ६ दिन अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      १ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      १ हफ्ता अघि

      समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

      १ हफ्ता अघि

      दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

      २ हफ्ता अघि

      अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

      २ हफ्ता अघि

      माओवादी केन्द्र मायादेवी गाउँपालिकाको पार्टी कमिटि पुनर्गठन

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / लेख तथा साहित्य

    मन भित्रको जिन्दगी

  • विनोद भुसाल
  • २०७७ फागुन १३, बिहिबार (२ साल अघि)
  • १२३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • फाईल तस्विर

    एउटाचोकमा उभिएर चारैतिर हेरेँ। आउनेहरू आइरहेका थिए। जानेहरू गइरहेका थिए। उभिने एउटा म मात्र थिएँ। हतारले भरिएको एउटा जिन्दगी; मानिस हतारमै सवार भएर दौडिरहेका थिए। यस्तो लाग्थ्यो मलाई, म एउटा रूख हुँ। अविचल उभिएको छु बीच चौरस्तामा सडकलाई छेउछेउबाट जान दिँदै। मानिसभन्दा धेरै पहिलादेखि हिँड्न थालेका यी सडकहरू कहाँसम्म पुगिसके होलान् यतिका युगभरि गइरहँदा। मानिसभन्दा अघिअघि निरन्तर आफ्नो थुतुनो लम्काइरहेका यी सडकका किनारमा उभिएको म। एक पीपल, कल्पवृक्ष यही ठाउँमा यहीँ कतिपल्ट मरेँ, सडेँ, गलेँ। बोटबिरुवा हुँदै, वृक्ष बन्दै, हुर्किंदै गल्दै र सड्दै गएँ।एक तमासको छ मन । किनकि आज धेरै समयपछि सम्झिने समय मिलेको छ ।

    फेसबुकमा पछ्याउनुहोस्

    जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ।त्यो अवसरको सदुपयोग गर्दै आज जिन्दगीका पानाहरु पल्टाएर चिहाउने मौका मिलेको छ तर त्यहाँ नराम्रो अक्षरहरु देखेर मनमा छटपटी भएको भने होइन । लेखिएका कहानी धेरै सुनौलो होस् र वास्तविक जीवन कहाली लाग्दो होस्, पाना पल्टाउँदा सबैभन्दा दुःख लाग्दो कुरा यही हो । कुनै समय साँच्चै आनन्द लाग्दो थियो, जहाँ सबै आफ्ना थिए र आफूमा कुनै किसिमको समस्या हुनुभन्दा पहिला नै त्यसको समाधान खोजिदिने मानिसहरु थिए, सायद त्यति बेलाको समस्या नै साना थिए होला, जुन जो कोहीले पनि समाधान गर्नसक्थ्यो ।

    के समस्याको आकारसँगै मेरो क्षमता विस्तार भएन त ? त्यो पनि होइन म विस्तार भएँ तर जसले समस्या समाधान गर्थे अहिले उनीहरुका लागि म नै समस्या बन्नपुगेको छु । आफ्ना मानिएका मानिसहरु पराइ भएका छन्, त्यसैले हिजोका सुनौला पानाहरु अहिले फिका बन्न पुगे । कसैले बेवास्ता गरिरहेको छ भन्ने पनि थाहा छ, कसैलाई म मन परिरहेको छैन भन्ने पनि थाहा छ, म आफ्नो बाटोबाट विचलित हुँदै छु भन्ने पनि थाहा छ र हिँड्नुपर्ने बाटो कुन हो भन्ने पनि थाहा छ । तर समस्या थाहा नपाउनुको होइन, समस्या स्वीकार गर्न नसक्नु हो । कसैले तँ नराम्रो छस् भन्छ, भोलिपल्टदेखि ऐना हेर्न छाडिदिन्छु, कसैले तँ धेरै बोल्छन् अलि कम बोल्ने गर् भन्छ, म सुनेको नसुनेझैं गरिदिन्छु, कहिलेकाँही हाकिमले काममा ध्यान दिन निर्देशन दिन्छन्, म जिन्दगीको मोल सोधिदिन्छु, घरमा बाबाले पढाइ कहाँ पु¥याइस् भनेर सोध्दा म पल्लोघरमा बस्ने शिक्षकको चरित्र सुनाइदिन्छु ।

    कसैको केही परवाह लाग्दैन तर जब मनले भन्छ, “तँ साह्रै अभागी रहेछस्”, साँच्चै डाँको छाडेर रुन मन लाग्छ तर आजसम्म त्यस्तो आत्मीयता कोहीसँग पनि पाएको छैन कि कसैको सामु धित मरुन्जेल रुन सकूँ । अनि फेरि लाग्छ, हाँस्ने र खेल्ने बेलामा राम्रोसँग मुस्कुराएको भए, आँटेका काममा सफलता पाएको भए र दुःख लागेको बेलामा रुन पाउने भए त साँच्चै भाग्यमानी भइहाल्थें नि………. । दुःख होस् वा सुख ल्याएर थुपार्ने ठाउँ भएको मन, एउटा डस्बिनजस्तो । यहाँ फालिएका खुसीहरु सबै कुहिएर जान्छन् तर दुःखहरु प्लास्टिकजस्तै छन्, जो कहिल्यै कुहिँदैन र गल्दैन पनि समयसँगै त्यहाँ फालिएका दुःखहरु केही छोपिन्छन् तर त्यसलाई छोप्ने अर्को दुःखसँगै फेरि मन गह्रौँ नै हुन्छ, सधैंका लागि । धेरै मिहिनेत गरेर मनबाट दुःख निकाल्ने हो भने पनि आउने खुसीहरु केही समयका लागि मात्र हुन्छन् ।

    जीउ त भारी छैन तैपनि बसेको ठाउँबाट उठ्न फेरि किन गाह्रो ?”, कसैले सोध्दै थियो । मैले मौन उत्तर दिएँ, “मेरो मनको भार नाप्ने हो भने सायद यो धर्तीको तौल फिका पर्न जान्छ, त्यसैले होला अहिलेसम्म कसैले यसको नापजाँच गर्ने हिम्मत गरेको छैन ।” मन यति गह्रौँ छ कि यसको भार थाम्न नसकी पूरै जीवन ढलिसकेको छ तर सास फेर्न अझै छाडेको छैन । आफूले सजाएका सपनाहरु सबै खरानी भइसकेका छन् तर सम्झना त्यो सपनाभन्दा पर छैन, अपेक्षाहरुले लात मारिसकेका छन् तर त्यसलाई अझै स्वीकार गर्न सकिएको छैन । भन्छन् संसारलाई देखाउन सजिलो छ तर म आफ्नो मन देखाउन सक्दिन, मनका सबै पीडाहरु खुलस्त पार्न सक्दिनँ । सबैले सोच्छन् यसको त गज्जब चलिरहेको छ जीवन तर पूरै जिन्दगी ढलेको छ तर परिस्थितिअनुसार पूरै बल लगाएर अलिअलि घिस्रिरहेको छ । साँच्चै मभित्रको जिन्दगी त्यो पर डाँडाबाट उदाउने घामजस्तै छ…. बिहानै उदाउँछ…..म सबेरै निस्की हिँड्छु….दिउँसो केही अजिव लाग्ने गरी चर्किन्छ…. मेरो मुटुको धड्कन केही बढी नै भइरहेको हुन्छ…..त्यसपछि सौर्यरश्मिसँगै लत्रिँदै लत्रिँदै त्यो पारि देखिने शिखरपछाडि लुकेझैँ….. बेलुकीको थकान र निद्रासँग फेरि सुनौला सपना देख्दै निदाउँछु । वाह ! मभित्रको जिन्दगी !

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    लेख तथा साहित्य सम्बन्धि थप

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाज रुपान्तरणको मुख्य संवाहक वाईसीएल : नेता पुन

    समाचार

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑