धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा न ०७ वाग्लामा गठित मिलीजुली महिला उद्यम समुह द्वारा प्रती सदस्य रू ५० का दरले २० जना सदस्यले रू १००० जम्मा गरि वाग्ला मा बिमा कक्षा ११ मा अध्यनरत गरिब तथा जेहेन्दार विद्यार्थी जनक घिमीरेलाई एक कार्यक्रमका बिच शैक्षिक सामाग्री रू ८० वरावरको दर्जन कपि र १० वटा कलम एक कार्यक्रमका बिच उपहार प्रदान गरिएको ग्रामिण पशु स्वास्थ कार्यक्रता हेमराज घिमीरेले जानकारी दिनुभयो।
भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएपछी समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरे बमोजिम आमा गुमाएका आर्थिक अबस्था कमजोर भएका जनक घिमीरेलाई उपहार गरिएको समुहका सदस्यले जानकारी दिनुभयो। उपहार प्रदान कार्यक्रम मा उपहार ग्रहण गर्दै घिमीरे ले आफ्नो आर्थिक अबस्था कमजोर भएका कारण पढाइमा सहज होस भनि यस समुहले मलाई उपहार गर्नुभएकोमा धन्यावाद छ भन्दै मलाथ पढाईमा झन मनोबल बढ्ने छ र मैले तपाईहरूको यो सहयोगलाई कदापि पनि भुल्ने छैन भन्दै धन्यावाद व्याक्त गर्नु भयो।
मिलीजुली महिला उद्यम समुह की अध्यक्ष मिना भुषालको अध्यक्षता समुहकी उपाअध्यक्ष धर्म कुमारी घिमीरे को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमा सामुदायिक सहजकर्ता राजेन्द्र सुनार केभ हेमराज घिमीरेको आतित्थ्यता समुह का सम्पुर्ण सदस्यको उपस्थिती रहेको कार्यक्रमको संचालन समुहकि सचिव सिता खनालले गर्नु भएको केभ हेमराज घिमिरे ले बताउनु भयो।