काठमाडौँ,फागुन १३ गते । प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको निर्णयसँगै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले राजनीतिक दलका नेतासँगको भेटवार्तालाई तीव्र पारेका छन् ।
बिहीबार बिहानै बामदेव गौतमसँगको भेटवार्तापछि जनता समाजववादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरुसँग प्रचण्ड र नेपालको भेटवार्ता भइरहेको छ । नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा भेटवार्ता भइरहेको हो ।
संसद पुनःस्थापित भएको अवस्थामा कसरी सहकार्य गर्ने र दलीय सहमतिका साथ अघि बढने विषयमा छलफल भइरहेको जसपाका एक नेताले बताए । यसअघि बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रचण्ड र नेपालले भेटवार्ता गरेका थिए ।