• गृह पृष्ठ
  • समाचार
  • बुटवल बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • रङ्गीन मिडिया टि.भी.
  • आर्टिस्ट प्रोफाईल
  • राशिफल
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८० आश्विन १२, शुक्रबार
    • समाचार
    • बुटवल बिशेष
    • प्रदेश न्युज
      • प्रदेश नं. १
      • प्रदेश नं. २
      • बागमती
      • गण्डकी
      • कर्णाली
      • लुम्बिनी
      • सुदुर पश्चिम
    • आर्थिक
    • अन्तरवार्ता
    • जीवनशैली
    • रङ्गीन मिडिया टि.भी.
    • आर्टिस्ट प्रोफाईल
    • राशिफल
    • ताजा अपडेट

      रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

      ५ घण्टा अघि

      मुलपानी सामुदायिक वन उपभोक्ता समुहकाे १० ओैं वार्षिक साधारणसभा सम्पन्न

      ५ घण्टा अघि

      मुस्ताङमा सुविधा सम्पन्न छात्रवास भवनको उद्घाटन सम्पन्न

      ५ घण्टा अघि

      राप्तीमा तीन सय बढी माेतीविन्दु भएका आँखाका बिरामीहरुकाे नि:शुल्क शल्यक्रिया

      १ दिन अघि

      नेता कंडेललाई कारवाहीको माग

      ६ दिन अघि

      महिलाले अधिकार प्रयोग गर्न पाउने व्यवस्था माओवादी आन्दोलनको उपलब्धी हो : कृष्णध्वज खड्का

      ६ दिन अघि

      अनेम संघ क्रान्तिकारी पाल्पाको जिल्ला भेला सम्पन्न 

      १ हफ्ता अघि

      लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

      १ हफ्ता अघि

      तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

      १ हफ्ता अघि

      नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

      १ हफ्ता अघि

      संविधान दिवसकाे अवसरमा राप्तीमा नि:शुल्क स्वास्थ्य शिविर १६० बढीले लिए स्वास्थ्य सेवा

      १ हफ्ता अघि

      मायादेवी मन्दिरको रिडिजाइन हुने उपाध्यक्ष लामा र थाई फुङ थाई प्रमुख बीच भेटवार्ता

      १ हफ्ता अघि

      नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

      १ हफ्ता अघि

      मुख्य न्यायधिवक्ताको कार्यालयद्धारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश

      २ हफ्ता अघि

      महिला सशक्तिकरणका मुद्दाहरु उठाएर तिज पर्व मनाओैँ

      २ हफ्ता अघि
    in
    आज: २०८० आश्विन १२, शुक्रबार
    ट्रेन्डीङ्ग
    अन्जली अधिकारीअर्जुन पोख्रेलओवी रायमाझीदीपकराज गिरीदुर्गेश थापापल शाहपुजा शर्माप्रकाश कटुवालप्रकाश सपुतफुलन्देकी आमाबसन्त थापाबिष्णु खत्रीबिष्णु माझीयुवराज आचार्यवर्षा राउतशान्ती श्री परियार
    होमपेज / बुटवल बिशेष

    उद्योगी व्यबसायीका समस्या समाधानको लागि भिजन पेपर : अध्यक्ष गोल्छा

  • बुटवल दैनिक
  • २०७७ फागुन ११, मंगलबार (२ साल अघि)
  • ५०३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • फाईल तस्विर

    बुटवल – नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यबसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताउनु भएको छ । मुलुकको अर्थतन्त्रको सुचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पु¥याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उहाँले जानकारी गराउनु भयो ।

    फेसबुकमा पछ्याउनुहोस्

    बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अरु संस्थाहरुसंग समेत छलफल भईरहेको जानकारी गराउनु भयो ।

    आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराउनु भयो ।

    महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यबसायिक संस्थाहरु बिच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यबसायको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै बिशेषगरी बैंकिङ्, राजश्व, श्रमको समस्यामा परेका व्यबसायीहरुलाई राहतको काम गर्ने उल्लेख गर्नुभयो ।

    त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्स केन्द्रले उद्योग व्यबसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्बोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्धा सर्बोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गर्नुभयो ।

    उहाँले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याउनु भयो ।
    त्यस्तैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भएपनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गर्नुभयो । सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले उद्योग व्यबसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताउनु भयो ।

    उपाध्यक्ष गौतमले उद्योगी व्यबसायीका समस्या समाधानको लागि व्यबसायी र संघीय सरकारको बिचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यबसायिक संस्थाहरुले समेत पहलकदमी गर्न आग्रह गर्नुभयो ।

    उहाँले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ् गरेको र त्यसलाई संघीय सरकारमा पहल भईरहेको समेत जानकारी गराउनु भयो ।

    त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने भनाई राख्नुभएको थियो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले यस क्षेत्रका उद्योगी व्यबसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गर्नुभएको थियो ।

    संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    (बुटवल दैनिक अनलाईन पत्रिकामा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनुहोला।)

    प्रतिक्रिया दिनुहोस


    बुटवल बिशेष सम्बन्धि थप

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    नमस्ते नेपाल बाल क्लबले मानायो संविधान दिवस

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    समाचार

    रामग्राममा करेन्टले एक जनाकाे मृत्यु

    नेता कंडेललाई कारवाहीको माग

    लुम्बिनी सरकारले जनचाहाना अनुसारको काम गर्न सकेन : प्रदेश प्रमुख शेरचन

    तीजको नाचगान हेर्न गएका गुल्मीका २३ वर्षीय युवा प्युठानमा मृत फेला

    बुटवल दैनिक बिशेष

    नमस्ते नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

    दाङ – रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम बुटवलमा सम्पन्न

    अनेरास्ववियु क्रान्तिकारी त्रिभुवन क्याम्पसको पुर्गठन, अध्यक्षमा मिलन घर्ती मगर

    अनेमसंघ तिलोत्तमाद्धारा तीजमिलन तथा महिला सशक्तिकरणमा अन्तरक्रिया

    हाम्रो बारेमा

    लुम्बिनी प्रदेशबाट संचालित यस संस्था बुटवल दैनिक डट कम '' तथ्य सहितको सत्य खबर '' भन्ने मुल नाराका साथ् खोजमूलक समाचार, विचार-विश्लेषण, अन्तर्वार्ता सहित विभिन्न क्षेत्रका सूचनालाई समाचारको रुपमा प्रस्तुत गर्दै साथै मनोरन्जन पक्षलाई समेत यसै मिडियाले समाबेश गर्दै अघि बढिरहेको छ र बढ्ने छ ।

    लुम्बिनी संचार नेटवर्क द्वारा संचालित

    Butwaldainik.com
    कम्पनी दर्ता न.:२६१५०१ /०७७/७८
    सूचना विभाग दर्ता न.: २५९७/०७७-०७८
    प्रेस काउन्सिल दर्ता न.: ११७८/०७७/७८

    हाम्रो टीम

    ट्विटर

    Tweets by ButwalDainik
    © २०७६ Butwal Dainik मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑