जिन्दगी नामको किताबको अतीतका पन्नाहरु पल्टाएर नियाल्दा यस्तो लाग्छ , जीवनका अधिकतम अनुच्छेदहरु त भ्रम नामको अवयबभित्र गांसिएर पुर्णविराम लाग्न पुगेछन ।
कथा मेरो मात्रै होइन , हामी सबैको उस्तै हो । हामी कत्ति कुराहरू सोच्छौं , अनुमान लगाउछौं, आशा राख्छौं , तर हामीले अनुमान लगाएर तय गरिएका यात्रा सहि समयमा र ठिक ठाउँमा पुगिएका कथा हामीसङ्ग कमै मात्र हुने गर्छन् । किनकि अनुमान अनुमान नै हो ,, अनि आशा …? आशा पनि अनुमानबाट निस्किएको शेष हो !!
हामी कोही कसैको बारेमा विश्लेषण गर्छौं , तर त्यो विश्लेषण हाम्रो मस्तिष्क स्थिति अनुसारको रहन्छ । अत: विश्लेषित पात्र र हाम्रो भ्रामक विश्लेषण ठिक विपरीत भैदिन्छ ।
यो त रह्यो व्यक्तिको विश्लेषणको कुरा , हामी कतिपय अवस्थामा दुःखलाई सुख सम्झेर दौडिन्छौं , सुखलाई दु:ख सम्झेर निसासिन्छौं , सहि लाई गलत सम्झेर , गलत लाई सहि सम्झेर भ्रममा डुविरहेका हुन्छौं । हामी एकपटक होइन पटकपटक भ्रममा भासिन्छौं। सबैलाई थाहा छ जिन्दगी अस्थायी छ , तर हामी स्थायी कुराहरू चाहन्छौं , जो सधैंभरिलाई पुगोस् ! यतिखेर जिन्दगी अनन्त छैन भन्ने कुरालाई बिर्सेर भ्रममा परिरहेका हुन्छौं । कसले भनिदेओस ” यो जिन्दगी भ्रम हो “। तर यही भ्रमभित्र लुकेका रङ्गिन पुष्पहरु शिरमा सिउरेर हिड्नु जिवनको साँचो उपलब्धि हो , यसैभित्रका काँडाहरुमा टेकेर मुर्छिनु जीवनको बर्बादी ।।
कसले भन्छ ? ब्यक्तिको सुन्दरता क्षणिक हो ।?
• ब्यक्तिको सुन्दरता अनन्त छ ! जो कहिल्यै घट्दैन, कहिल्यै समाप्त हुँदैन । कसैको वास्तविक सुन्दरता भनेको उसको ज्ञान हो ! ऊभित्रको क्षमता हो , मनोवृत्ति हो । जसले जो कोहिलाई लोभ्याउँछ , उसलाई बुझ्ने मान्छे उजस्तै बन्न प्रेरित हुन्छ । र उसको ज्ञानलाई सम्मान गर्छ !! झट्ट हेर्दा लाग्ने आकर्षक आवरण वास्तवमा सुन्दरता होइन , भ्रम हो । त्यस आकृतिभित्र के अवस्थित छ , त्यसैअनुसार उसको आकर्षकतामा परिवर्तन अाउनु पनि चिज लगातार मिठो हुँदैन । जस्तोसुकै उत्कृष्ट वस्तु होस् , त्यसले सधैंभरी एकनास आनन्द दिंदैन । हमेशा जितिरहने मान्छेले नयाँ जितबाट खास अलग आनन्दको अनुभुती प्राप्त गर्न सक्दैन । जब ऊ एकपटक हार्छ, त्यसपछिको नयाँ जितले उसलाई खुसीको उत्कर्षमा पुर्याउछ !! अत: सदाझैं कुदेर गन्तव्य चुम्दै अगाडी बढेर आनन्दको चुली थप्न सक्दैनौं , लडेर अनि थप संघर्षसङ्ग जुधेर जब गन्तव्यमा टेक्छौं , त्यहाँ मिल्नेछ असाधारण आनन्द मिल्छ । त्यसैले त अाफ्नो जिन्दगीमा हरेक दुख सुख सग सामना गरेर अगाडि बढ्नु पर्दछ । सङ्घर्ष सग सामना गरेर विजयको यात्रा अाफैले सुरुवात गरेर रङ्गिन जिन्दगी बिताउनु पर्दछ । सुख दुख जिन्दगीमा अाईरहने छ ।