बुटवल ,
पछिल्लो समय अत्यधिक चर्चामा आएकी गायिका रचना रिमालको स्वरमा लोक दोहोरि गीत पैयु फुल्यो फुलेन उनिउ सार्बजनिक भएको छ । गोविन्द गौतम र रचना रिमालको आवाजमा रहेको सोहि गीतमा यज्ञ बिक,सुमन थापा,दिल बिक र पबिन्द्र सुनारको ब्याक भोकल रहेको छ ।
बिक्रमबाबु बिस्वकर्माको शब्द तथा यज्ञ बिकको लय रहेको पैयु फुल्यो फुलेन उनिउ गीतमा डोलराज बर्घाले ले एरेन्ज गरेका हुन् ।
पैयु फुल्यो फुलेन उनिउ गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् ।
मिलन बिश्वकर्माले सम्पादन गरेको भिडियोमा रियाशा दाहाल,डीमोन छेत्री,बिना विश्वकर्मा र भिम घिसिङको अभिनय रहेको छ । भिडियो गोबिन्द गौतमको युटुब च्यानलबाट सार्बजनिक भएको छ ।