गुल्मी ।
गुल्मीमा एक वृद्ध आफ्नै ओछा्यनमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर तीनका ८७ वर्षीय पुरुष नन्द कुमार ज्ञवाली आफ्नै ओछा्यनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गएराती उनको शव आफ्नै ओछा्यनमा फेला परेको हो । साथै घटना रहस्यमय देखिएको कारण एक जनालाई पक्राउ गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले बताए ।
घटना बारे थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।