शुध्दाेधन । शुध्दाेधन गाउँ पालिका वडा नः ५ र बाबनी डाँडा दुर्गा मन्दिरको प्राङ्गणमा एक समारोहबीच आइतबार सम्पन्न भएको छ । एक घर एक गिता हरेककाे निधारमा टीका काे मुल नारा का साथ बिश्व हिन्दु युवा संघ वैदिक सनातन हिन्दु धर्म रक्षार्थ एवं सनातन हिन्दु राष्ट्र नेपाल पुनः स्थापनार्थका लागि धार्मिक जागरण अभियान गरिएको हो।
विश्व हिन्दु युवा संघ कार्य समिति शुध्दाेधन गाउपालिकाकाे आयोजनामा भएको कार्यक्रममा विश्व हिन्दु युवा संघ कार्य समिति शुध्दाेधन गाउँ पालिकाका अध्यक्ष लोकनाथ पौडेलको अध्यक्ष्ातामा त्रिभुवन बिश्व बिधालय का प्रध्यापक तथा विश्व हिन्दु महासंघ नेपाल, तिलोत्तमाका अध्यक्ष डा.बाबुराम ज्ञवालीको प्रमुख्यातामा सो अभियान मा प्रमुख अतिथि ले बोल्दै हिन्दु धर्म जोगाउन सबै नेपाली लागि पर्ने नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान स्वरूप मेचीकाली जागरण अभियान चलिरहेको र हिन्दुराष्ट्र पुनस्थापनाका लागि देशका ओमकार परिवार र धार्मिक संघसंस्थाहरू सित समन्वय सहकार्यको आवश्यक भएको बताए। विश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष शिव मल्लले कार्यक्रममा बोल्दै हिम्मत खण्ड कैलाश पर्वतको उत्तर पश्चिम भएर बग्ने सिन्धु नदि पुर्वमा ब्रम्ह पुत्र नदि यसै बिचमा बिकास भएको ज्ञान सनातन धर्म हो ।
नेपाल शिर हो यो पावन भुमी सप्त ऋषि हरुको तपस्या स्थल हो बेद को निर्माण पनि नेपाल बाट नै भएको हो संस्कृत व्याकरण का जन्म दाता महर्शी पाणिनी गौतम बुद्ध को जन्म यहि पावन स्थल लुम्बिनी हो । वैदिक सनातन हिन्दु धर्म रक्षा एंव सनातन हिन्दु राष्ट्र पुन स्थापना का लागी धर्म संस्कृति संस्कार बचाउन गौ रक्षा साधु सन्त को रक्षा का लागी जस्तो सुकै चुनौती सामाना को लागी बिश्व हिन्दु युवा संघ आन्दोलन मा होमिन तयार रहेको बताउदै बिश्व हिन्दु युवा संघ अब सनातन हिन्दु राष्ट्र पुन स्थापना का लागी गाउँ गाउँ टाेल टाेल घर घर पुगि धार्मिक जागरण का अभियान मा जुटि धार्मिक आन्दोलन को गर्ने।र नयाँ सन्तानको नामाकरण हिन्दुत्व झल्कने गरी दिन समस्त देशभित्र र बाहिर का सबै लाई आग्रहसमेत गर्नुभयो।
उक्त कार्यक्रममा बिश्व हिन्दु युवा संघले हिन्दु धर्मका लागि अति राम्रो काम गरेको र हामी एक होउ हिन्दु धर्मको रक्षा गरौ भनी शुध्दाेधन२का चन्द्रमणी कडेलले श्रीमद्भागवत पुस्तक चालिस थान र बुटवल ११ देवी नगर रेनुका सापकोटा २५ थान रुद्राक्ष र २५ थान भागवत गिता दान कृष्णप्रसाद ढकाल र खेमान्नद ढकालले १२० योगदान गर्नुभएको थियो।पन्डित टिकाराम कडेल नागेश्वर मन्दिरका अध्यक्ष बोदलाल शर्मा लगायतले हिन्दु धर्म काे परचार प्रसार का लागि र आफू जन्म हिन्दु धर्मका लागिपरेकाले श्रीमद्भागवत पुस्तक र रुद्राक्ष माला निःशुल्क रुपमा वितरण गर्नुपाएकाे आफू लाई भाग्यमानी मानेकाे र अगामी दिनहरूमा यश विश्व हिन्दु धर्म युवा संघका लागि मनैदेखी लागि पर्ने सबै वक्ता हरुले शुभकामना मन्तब्यमा बताए।
साे अभियानमा तारकबहादुर कुवर चन्द्रबहादुर विक माया कुवर बिश्व हिन्दु धर्म समिति शुध्दाेधन सदस्य चयन भएका छन्। भने सल्लाहकारमा बाेदलाल शर्मा र महेन्द्र गौतम चयन भएका छन्।साे कार्यक्रममा गायत्री परिवारका आचार्य सुरेन्द्र धर्म गुरु ले प्रवचन गर्नुभएको थियो।महेन्द्र गौतमको स्वागतमा र राधाकृष्ण पुजा सामाग्री भण्डार का संचलक तथा धर्म गुरु पंडित चुरामणी पाण्डेकाे सञ्चालनमा साे अभियान कार्यक्रम भएको थियो।