पूर्व मन्त्री गोकर्ण विष्टले जनताको जनादेस विपरित अहिलेको केपि सरकार रहेको बताउनुभएको छ। राष्ट्रिय युवा संघ र अनेरास्वियुको संयुक्त आयोजनामा संसद विघटनको प्रतिगामी कदमका विरुद्व जिल्ला स्तरीय युवा विद्यार्थी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रम गुल्मीको इन्द्रेणी पार्टि प्यालेसमा भएको कार्याक्रममा उहाँले यस्तो भन्नुभएको हो।
सभाको पूमख अतिथी रहनुभएका पूर्व मन्त्री विष्टले संसद विघटन संविधान विपरित रहेको उल्लेख गर्नुभयो । जबसम्म आमनागरिकमा स्वतन्त्र, न्यायका चाहना रहनेछन तबसम्म कम्युनिष्टको औचित्य रहने बताउनुभयो । पाकाहरुले थकाइ मारेर युबा अगाडि बढने कुरा उक्त उल्लेखीय युवा विद्यार्थी अगुवा कार्यकर्ता भेलाले समेत जनाएको बताउनुभयो । आजको समयमा युवाको महत्व रहेको औलाउदै उहाँले उक्त भेलामा उपस्थित युवा विद्यार्थीलाई निरङकुशाताको विरुद्व, प्रतिगमनका विरुद्व आफुलाई एउटा अभियनताको रुपमा लिएर अघि बढ्ने अपेक्षाले उपस्थित भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले कहिले आफनो पार्टिका नेताले काम गर्न नदिएको र कहिले आफुले जति देशमा काम कसैले नगरेको भन्नुभएको यी दुई कुरामा कुन कुरालाई विश्वास मान्ने पुर्व मन्त्री विष्टले भन्नुभयो .
त्यस्तै संसद विघटनको प्रतिगामी कदमका विरुद्व जिल्ला स्तरीय युवा विद्यार्थी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रममा ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्सन बराल, अनेरास्ववियु सचिव सुरेस पराजुली, अनेरास्ववियु सदस्य मेघनाथ चापागाईको विशेष अतिथ्यता रहेको थियो ।
मन्त्री बरालले युवा र विधार्थी भनेको भबिस्य हेर्ने, भबिस्य सोच्ने, सुन्दर नेपालको नक्सा कोर्ने नागरीक भएको बताउनुभयो । उहाँले कार्याकर्ता परिक्षण मुलक मन्त्यव राख्दै प्रधानमन्त्री सङ्ग भबिस्य नभएको कारण पशुपतिमा पुजा गर्नुपर्ने, विद्यार्थीको भविष्य भएकोले प्रधानमन्त्री ओलीको यो प्रतिगामी कदम विरुद्व लाग्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री ओली आफैले संसद विघटन नगरेको बाहिरी शक्तिको आडमा गरेको बताउनुभयो ??????
सभामा जिल्लाका नेकपा नेताहरुको सहभागिता रहेको थियो । कार्याक्रमको स्वागत मन्त्यव अनेरास्वियु नेता घनश्याम खरेल, यदु ज्ञवाली र अनेमा सङ्ग सदस्य बिनिता रोका पोखरेलले राखनुभएको थियो। त्यस्तै रेसुङ्गा नगरपालिका मेयर डिल्लिराज भुसाल र युवा सङ्ग केन्द्रिय सदस्य हिमाल थापाको मन्त्यव रहेको थियो । उहाँहरुले नेकपा विघटनले ओली पक्षको अस्तित्व हराउने जिकिर गर्नुभएको हो ।
भेलामा राष्ट्रिय युवा संघ र अनेरास्वियुको नवनियुक्त कमिटी गठन गरिएको छ । युवा विद्यार्थी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्याक्रममा १ दर्शन कार्यकर्ता अन्य पार्टि परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।